समाचार

भनसुन गर्न आउने कर्मचारीको जागिर नै धरापमा पारिदिने उप–प्रधानमन्त्री श्रेष्ठको चेतावनी

पोखरा, फागुन ५ उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको गति बढाउन निर्देशन दिएका छन् । शुक्रबार पोखरा आएका मन्त्री श्रेष्ठले समृद्धिको गति धिमा भएको भन्दै यसको गति बढाउन सडक कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । राज्य र समाजले विकास र समृद्धि खोजेको भन्दै उनले भने,‘ तर समृद्धिको गति धिमा छ । यहि तरिकाले जनताको समृद्धिको आकांक्षा पूरा हुँदैन । त्यसले फड्को मार्नेगरी काम गर्नुस् ।’ उनले समृद्धिको आकांक्षा पूरा गर्नका लागि गुणात्मक हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।… पुरा पढौ

फिर्के पुल समयमै निर्माण सम्पन्न गर्न ठेकेदारलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

पोखरा, फागुन ५ पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो । दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ । तर त्यहि सडकको बिचमा एउटा बोटल नेक ९साँघुरो० पुल छ । जुन पुलका कारण बारम्बार दुर्घटना हुँदा आधा दर्जन बढीको ज्यान गइसकेको छ भने कयौं घाईते भएका छन् । बाटो अनुसारको पुल बनाउनका लागि पाँच वर्ष अघि नै सम्झौता भएको हो । तर पाँच वर्षमा दुई पटक म्याद थप्दापनि पुल निर्माण सम्पन्न हुनु त परको कुरा, एक छेउपनि… पुरा पढौ

म पनि दौडिन्छु, तपाँई पनि दौडिनुस् है : मेयर आचार्य

फागुन ५ पोखरा । “म पनि दौडिनका लागि तयारी अवश्थामा रहेको छु । तपाँईहरु पनि पोखरा म्याराथनमा दौडिन आउनु होला । महानगरको निम्तो छ ।” माथिको भनाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको हो । मेयर आचार्यकै पहलमा आज पोखरामा आयोजना गरिएको वडा नं १ देखि १७ सम्मका वडाध्यक्ष र भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसंगको छलफलमा मेयर आचार्यले सो कुरा बताएका हुन । आचार्यले फागुन ६ गते शनिबार पोखरामा आयोजना हुन लागेको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्न पोखरा महानगर दिल लगाएर… पुरा पढौ

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बीरेन्द्रनगर । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९… पुरा पढौ

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय… पुरा पढौ

लाहाचोकको प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपाल

पोखरा । माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक गाउँको प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला लाहाचोक गाउँमा गरेको थियो । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई… पुरा पढौ

पूर्व अध्यक्ष पाठकलाई परेको मातृशोकप्रति मञ्चद्वारा शोक व्यक्त

फागुन ४ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको असामयिक निधन भएको दुःखद खबरले नेपाल… पुरा पढौ

नदी बगरको कर तिर्दै बगरफाँटवासी,पूरै गाउँ जोखिममा

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको हो । बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारपिट्टी बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभए पनि जग्गाधनी… पुरा पढौ

संरक्षण र प्रवद्र्धनका लागि भजन प्रतियोगिता

तनहुँ । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ । विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ । भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो । भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए। “भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो”,… पुरा पढौ

ग्यास सिलिण्डर विस्फोट घटना पुनः दोहोरियो, विस्फोटमा परि दुई घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी… पुरा पढौ