पोखरा । पोखरा महानगरपालिका वडानं २० मौजा स्थित श्री हिमालय माध्यमिक विद्यालयले स्थापनाको ५० औ वार्षिकोत्सव अर्थात स्वर्ण महोत्सव मनाउँदै छ। २०२८ सालमा स्थापना भएको सो विद्यालयले यही फागुन ९, १० र ११गते विविध कार्यक्रमहरु आयोजना गरि स्वर्ण महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समिति का अध्यक्ष एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सु।हुम बहादुर गुरुङले जानकारी दिए। स्वर्ण महोत्सव कार्यक्रम अन्तर्गत फागुन ९ गते उद्घाटन ,विविधता झल्कने स्थानीय झाँकी प्रदर्शन,बिभिन्न जातजातिका भेषभुषा सहित साँस्कृतिक कार्यक्रमहरु , शैक्षिक प्रदर्शनी, लगायत…
पुरा पढौ