समाचार

कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ जारी, थप ६१ जना पक्राउ

कास्की प्रहरीले ‘स्वीप अप्रेसन’लाई निरन्तरता दिएको छ । बुधबार राती १० घण्टा निरन्तर ‘स्वीप अप्रेसन’ गरी १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले थप ६१ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा पोखराका विभिन्न स्थानबाट ६१ जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४… पुरा पढौ

वैवाहिक वर्षगाँठको अवसरमा पत्रकार पाण्डे दम्पतीद्वारा पोखरा वृद्धाश्रममा भोजन दान

गण्डकी, ११ बैशाख परम्परागत रुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडेले आफ्नो वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिकसंग मनाएका हुन् ।समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गरेका हुन् । जीवनको उत्तरार्द्धमा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम… पुरा पढौ

भद्रकाली क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम शुरु

पोखरास्थित भद्रकाली बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबल खेलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन सत्रको अध्यक्षता गरेका क्याम्पस प्रमुख नवराज रेग्मीले यही १४ गतेसम्म हुने खेलकुदमा सबै विद्यार्थीलाई सहभागी हुन र कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने खेलकुदमा छात्र र छात्रा दुवै समूहका भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र छेलो खेलहरु समावेश गरिएको क्याम्पसले जनाएको छ… पुरा पढौ

शिशुवा–खुदीखोला सडक उद्घाटन,पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालनमा छन्: नगर प्रमुख आचार्य

पोखरा महानगरपालिका वडा नं ३० शिशुवा– शिसाघाट सडक खण्डको शिशुवा–खुदीखोला सडकको निर्माण कार्य सम्पन्न भएको छ । करिब ४ दशमलव १४ किलोमिटर उक्त सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताए । “हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भने, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न… पुरा पढौ

सर्वेश्वर व्यवसायी समितिको रक्तदानमा ६५ युनिट रगत संकलन

पोखरा, बैशाख १० सर्वेश्वर व्यवसायी समिति पोखराको आयोजनामा विहीबार भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए । सो अवसरमा नया वर्ष २०८३ साल प्रवेशको अवसरमा शुभकामना अदानप्रदान गरिनुका साथै नया वर्ष २०८३ को भित्तेपात्रो विमोचनसमेत गरिएको थियो । भित्तेपात्रो प्रकाशनको संयोजन समितिका बरिष्ठ उपाध्यक्ष विशाल… पुरा पढौ

कास्की प्रहरीको १० घण्टे लामो ‘स्वीप अप्रेसन’ : १२२ जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, बैशाख १० कास्की प्रहरीको ‘स्वीप अपरेसन’मा १ सय २२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले हालै सञ्चालन गरेको १० घण्टा लामो ‘स्वीप अप्रेसन’मा कास्कीका विभिन्न क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । कास्की प्रहरीले पछिल्लो समय लागूऔषध कारोबार, लागूऔषध सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै आएको छ । सोहि अभियान अन्तर्गत बुधबार बेलुका ९ बजेदेखि विहीबार आज विहान ६ बजेसम्म निरन्तर गरेको अप्रेसनका क्रममा विभिन्न २० बढी ठाउँबाट उनीहरुलाई नियन्त्रणमा… पुरा पढौ

काठमाडौँको वायु प्रदूषण ‘धेरै अस्वस्थ’

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स ९एक्युआई०का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त… पुरा पढौ

१०औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपको साथ

पोखरा ।१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो ।टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर… पुरा पढौ

जातिय विभेद गर्ने पोखरा–२४ का वडाध्यक्षलाई साढे चार महिना जेल सजाय गर्ने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर

सन्देश श्रेष्ठपोखरा, बैशाख ९ जातिय विभेद गर्ने पोखराका एक वडाध्यक्षलाई साढे चार महिना जेल सजाय हुने भएको छ । आफ्नै वडा सदस्य मैया नेपालीलाई जातिय विभेदजन्य गालीगलौज गर्ने पोखरा महानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले गरेको साढे ४ महिना जेलसँगै ७५ हजार जरिवाना र पीडितलाई १० हजार रुपैयाँ क्षेतीपुर्ती तिराउने फैसला उच्च अदालत पोखराले सदर गरेको हो । यसअघि जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिनाको जेल सजाय तथा ७५ हजार जरिवाना… पुरा पढौ

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् । नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । पुरा पढौ