समाचार

नेपाल प्रहरीका १३ पूर्वआइजीपीहरु अध्यादेशको विरोधमा

नेपाल प्रहरीका १३ पूर्वआइजीपीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन्। रेशम चौधरीलगायतलाई आममाफी दिनगरी अध्यादेश ल्याउन लागेकोप्रति आफूहरुको गंभीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले उक्त निर्णय फिर्ता लिन माग गरेका छन्। नेपाल प्रहरी पूर्व संगगठन प्रमुख मञ्चको बैठकले यस्तो निर्णय गरेको हो। ‘लोकतान्त्रिक प्रणालीको मर्मप्रतिकूल हुने गरी असान्दर्भिक रुपमा नेपालको फौजदारी कानूनको अनुसार सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरुलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि मंसीर २६ गते पेश भएको सन्दर्भमा नेपाल प्रहरी… पुरा पढौ

बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी… पुरा पढौ

गाईगोरु पाल्नेलाई अनुदान

जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाईगोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय गाईगोरु संरक्षण कार्यक्रममार्फत् अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाइ छ । आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान… पुरा पढौ

पोखरा–३२ राजाको चौतारोमा माटो परीक्षण

पोखरा महानगरपालिका वडा नं. ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर संचालन गरिएको छ। पोखरा महानगरपालिका कृषि महाशाखाद्वारा आयोजित शिविरमा ४० जना कृषक विभिन्न बालीमा लागेका रोग किराको नमूनासहित सहभागी थिए। सो अवसरमा कृषिविज्ञ धनबहादुर रानाले बालीमा लागेका रोग, किरा व्यवस्थापन गर्ने तरिकाका बारेमा कृषकलाई प्रशिक्षण दिएका थिए। कृषि महाशाखाले आवश्यकताअनुसार ढुसीनाशक, किरानाशक निमजन्य विषादी तथा सुक्ष्म खाद्यतत्व नि:शुल्क रुपमा उपलब्ध गराइएको थियो। परीक्षणका लागि माटो, मल परीक्षण प्रयोगशालाको समन्वयमा प्रयोगशालासहितको माटो परीक्षण गर्ने बसको प्रयोग भएको थियो।… पुरा पढौ

बसको ढोकाबाट खसेर मुस्ताङमा विद्यार्थीको ज्यान गयो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको ज्यान गएको छ। गुल्मीबाट विद्यार्थी र शिक्षक/शिक्षिका लिएर शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग १ ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटनास्थलबाट अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आईपुगेको बस मंगलबार बिहान करिव ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर… पुरा पढौ

तनहुँका २१ नागरिक अझै बेखबर

एक वर्षको अवधिमा अझै तनहुँका २१ नागरिक बेखबर छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले हिँजो (मंगलबार) पत्रकार सम्मेलन गरी हराएका २८८ नागरिकमध्ये २६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ। बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फँडानी गरिएको छ। करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार ७८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए। त्यसैगरी,… पुरा पढौ

फिफा विश्वकप : अर्जेन्टिना फाइनलमा

विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। साबिक उपविजेता क्रोएसियामाथि शानदार जितसहित २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो। कतारस्थित लुसैल स्टेडियममा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो। कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किदाँ अर्जेन्टिनाले कतार विश्वकप फुटबलको सहजै फाइनल यात्रा तय गर्‍यो।अर्जेन्टिनाको जितमा मेस्सीले १ र अल्भारेजले २ गोलको योगदान गरे। अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल… पुरा पढौ

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । उनीहरुको घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्दार कार्य जारी राखेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला अधिकारीले जानकारी दिइन् । बसमा सवार… पुरा पढौ

समन्वय, सहकार्यबाटै सङ्घीयता मजबुत : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गरेका छन् । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्थानीय तथा आमनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्रदेश र जिल्लास्तरीय सुरक्षा प्रमुखहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले स्थानीय र सङ्घीय र प्रदेशस्तरका चुनाव एकै चरणमा सम्पन्न गरेर नेपालले उदाहरण पेस गरेको बताए । सुरक्षा निकायको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले नवौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पोखराले पाएको र त्यसलाई पनि सफलतापूर्वक… पुरा पढौ

प्याब्सन स्पोर्टस मिट : भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् । केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् । भलिबल प्लस टु तर्फ सेमीफाइनलको… पुरा पढौ