समाचार

वायु प्रदूषणले ज्यान गुमाउनेको संख्या बढ्दो, नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार… पुरा पढौ

कलाकार महेश त्रिपाठी आफ्नै गाउँ कास्कीकोटमा सम्मानित

अहिलेका हिट कलाकार महेश त्रिपाठी आफ्नो जन्म गाउँ पोखराको कास्कीकोटमा सम्मानित भएका छन् । त्रिपाठीको अभिनय रहेको पछिल्लो चलचत्रि परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजिक परिवेशको वारेमा धेरैको मनसम्म छोएको चलचित्र हो । परानमा महेश त्रिपाठी र नीर शाहका संवादमा दर्शकहरु निकै रोएका थिए । झिङ्गे दाउ २ चलचित्र छायाँकन सकेर गाउँ फर्कीएका महेशलाई स्थानीयले सम्मान गरेका हुन । पोखरा २४ कास्कीकोटलाई देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै स्थानीय मितेरी आमा समुहको… पुरा पढौ

केही दिनयता बढेको वायु प्रदूषण वर्षा भएसँगै घट्यो

केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स एक्युआइको तथ्याङ्कले देखाएको छ । बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको… पुरा पढौ

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति लागुऔषध मुद्दामा ३ पटक सजाय पाएका व्यक्ति

पोखरा, फागुन २८ नवनिर्वाचित सांसद महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ पृथ्वीचोकमा सोमबार पुस्तक बेचिरहेका प्रतिनिधि सभा सदस्यमा हालैमात्र बिजयी भएका सांसद पुनलाई अभद्र व्यवहार गर्ने पोखरा–१३ बाँझापाटनका ४३ वर्षिय विकास गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई आज महेन्द्रपुलबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । गत सोमबार पुस्तक बेचिरहेका सांसद पुनलाई गुरुङले गालीगलौज गर्दै थुकेका थिए । जवाफमा पुनले पनि थुकेको भिडियो सामाजिक… पुरा पढौ

वैवाहिकबर्षगांठको अवसरमापोखरा वृद्धाश्रममाभोजन

२८ फागुन बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानव सेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकको लागि भोजनको व्यवस्था गरेका छन् । नेपाल टेलिभिजन पोखरा समाचारदाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बुवा आमासंग मनाएका हुन् ।सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वाऔपचारिक कार्यक्रममार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुल खर्च कटाएर समाजकाअसहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताए । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल… पुरा पढौ

अस्ताए पोखराका पूर्व मेयर तथा एमाले नेता कृष्ण थापा

सन्देश श्रेष्ठपोखरा, फागुन २८ नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको हृदयघात भएर निधन भएको छ । पार्टीको जिल्ला ईञ्चार्ज सरह कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज कास्की निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी समीक्षा बैठकमा सहभागी भएको बेला ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पोखराका पूर्व मेयरसमेत रहेका थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला हृदयघात भएको थियो । समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको… पुरा पढौ

महिला अधिकारका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक

महिलालाई समान अधिकार र पहुँचका लागि निती नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न कानुन निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको… पुरा पढौ

एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापाको ह्रदयघातका कारण निधन

सन्देश श्रेष्ठपोखरा, फागुन २८ नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधन भएको छ । पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज ह््रदयघातका कारण निधन भएको हो । प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला उनलाई ह्रदयघात भएको थियो । समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै कुर्सीमा बसेका उहाँ बेहोस् हुनु… पुरा पढौ

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई बिमा बोर्डको निर्देशन

स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल स्वास्थ्य संस्थालाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न ÷ नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको… पुरा पढौ

राससद्वारा पोखरामा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणको पहल

राष्ट्रिय समाचार समिति राससले गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको छ । आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उक्त अनुसन्धान केन्द्र निर्माणसम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री पाण्डेले आमसञ्चार विकास तथा अनुसन्धान केन्द निर्माण गर्ने राससको प्रस्तावप्रति प्रदेश सरकार सकारात्मक रहेको बताए । “आमसञ्चार क्षेत्रको विकासका लागि राससले अगाडि सारेको योजना समयसापेक्ष र महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भने, “राससबाट प्राप्त प्रस्तावलाई थप अध्ययन… पुरा पढौ