समाचार

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र उपचारको प्रवन्ध मिलाएको छ: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना सङ्गठन, समन्वय र अनुगमन सुरु गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरिएको बताए । “राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ । अन्य सबै ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राख्यौँ”, उनले भने ।सरकारसँगै नेपाल… पुरा पढौ

तायाः मचा नृत्य प्रतियोगिता अब असोज ३ गते हुने

सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरामा यहि भदौ २० गते शनिबार हुने भनिएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव सरेको छ । भोटेकोशी बाढीका कारण सयौंको ज्यान जानुका साथै हजारौं बेपत्ता तथा घाईते भएर देश शोकमा परेको भन्दै आयोजक लामाचौर नेवाः खल गुठी कास्कीले पूर्व निर्धारित भदौ २० गते हुने भनिएको प्रतियोगिता स्थगित गर्दै नया मिति तय गरेको हो । अब असोज ३ गते शनिबार प्रतियोगिता हुने आयोजक लामाचौर नेवाः खल गुठी कास्कीका सचिव योगेन्द्र श्रेष्ठ (युगिन)ले जानकारी दिए । नेवाःखल… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्चको दरखाने रकम भोटेकोशी बाढी पीडितलाई,पोखरा २० को तीज विशेष कार्यक्रम स्थगीत

सन्देश श्रेष्ठपोखरा, भदौ १७ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दरखाने रकम भोटेकोशी बाढी पीडितलाई दिएको छ । ओटेफले पूर्व निर्धारित तीज विशेष कार्यक्रमसहितको दरखाने रकम भोटेकोशी बाढी पीडितलाई प्रदान गरेको हो । ओटेफले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा पु¥याएको मानवीयसहित भौतिक क्षेतीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ लाख २१ हजार १ सय १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको अध्यक्ष ममता न्यौपानेले जानकारी दिईन् । उनले भनिन्,‘भोटेकोशी प्रभावित नागरिकको पीडामा मल्हम लगाउने… पुरा पढौ

गण्डकी प्रदेश सरकारमा नेसपाका फणीन्द्र देवकोटा बने, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री

गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद रहेका देवकोटालाई मुख्यमन्त्री सुरेन्दराज्र पाण्डेले बुधबार मन्त्री नियुक्त गरेका हुन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिएका छन् । देवकोटाले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जेनजी आन्दोलन भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबारै सपथ ग्रहण लिएका छन् ।प्रदेश प्रमुख डिल्लीराज भट्टसँग उनले सपथ लिएका हुन्… पुरा पढौ

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, तीन हजारभन्दा बढी बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै करिब तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिईन् । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी,… पुरा पढौ

पोखरेली व्यवसायी नारायण पौडेल आबद्ध तीन संस्थाबाट ४१ लाख बाढी पीडितलाई

सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी पीडितका लागि ४१ लाखभन्दा बढी रकम सहयोग गरेको छ । पौडेल आबद्ध अटोवेज प्रा.लि. परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रदान गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा अटोवेज प्रा.लि. परिवार र भारतको बुल मसिन्स प्रा.लि.ले २५ लाख रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, पोखराको शैक्षिक सानका रुपमा रहेको… पुरा पढौ

भोटेकोशी बाढी पीडितलाई जिल्ला खेलकुद विकास समितिको एक लाख सहयोग

सन्देश श्रेष्ठपोखरा, भदौ १६ जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी पीडितको लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । जिल्ला खेलकुदले अध्यक्ष मिलन गुरुङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको एक वर्षसम्मको भत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । जम्मा गरेको रकमको भौचर जिल्ला खेलकुदले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई हस्तान्तरण ग¥यो । समितिका अध्यक्ष मिलन गुरुङले समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक वर्षसम्मको बैठक भत्ता बाढी पीडितलाई सहयोग गर्ने निर्णय भएअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार… पुरा पढौ

रसुवा बाढी : पोखरामा ७६ शवको व्यवस्थापन

सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा व्यवस्थापन गरिएको छ । भोटेकोशीमा भदौ १० गते बुधबार आएको बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका १०२ शवमध्य पहिचान नभएका ७६ शव मंगलबार पोखरा–१६ जौवारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरामा जमिन मुनि व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको यो ठाउँ याम्दी पारी सेती किनारमा रहेको जंगल क्षेत्र हो । बाढी प्रभावित जिल्लाहरुबाट पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम सकिए पनि पहिचान नभएकाले खाल्डो खनेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका… पुरा पढौ

पोखरा ल्याइएका मध्ये १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ । यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय… पुरा पढौ

पोखरा ल्याइएका मध्ये १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ । यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय… पुरा पढौ