समाचार

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कले पनि साथ दिने भएको छ । पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो । प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न… पुरा पढौ

एमाले संसदीय दलको नेतामा बादल चयन

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए।सुहाङले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिए पनि समर्थक र प्रस्तावक बस्ने सांसद नै नपाएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।बैठकमा सहमति हुन नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको थियो । यसअघि नेता बादललाई उम्मेद्वारी फिर्ता लिएर सर्वसम्मतीमा जान… पुरा पढौ

नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ: गण्डकीका वन मन्त्री पौडेल

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् । बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे । विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई… पुरा पढौ

गण्डकीमा एसईई २०८२: ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २… पुरा पढौ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध… पुरा पढौ

तनहुँको मध्यवर्ती क्षेत्रका जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्रका प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ । आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक(आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्याङ्कन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अध्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए । आयोजना प्रमुख भण्डारीका अनुसार… पुरा पढौ

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि बिहीबार देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो… पुरा पढौ

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो ।वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ । जबकि… पुरा पढौ

एसईई परीक्षा बिहीबारबाट,कास्कीमा करिव ११ हजार विद्यार्थी सहभागि हुने

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा गरेको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले ७७ वटै जिल्लामा परीक्षाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको बताए । उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको… पुरा पढौ

पोखरामा अवैध ट्रान्सपार्टी, विदेशीसहित ३८ पक्राउ

पोखरा, चैत १७ पोखरामा कानूनी रुपमा अवैध रहेको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा नेपालको कानूनले बन्देज लगाएको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेर ३८ जना युवायुवतीलाई पक्राउ गरेको छ । मध्यरातमा छापा छापा हान्दा ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । पोखरा–१८ निवासी कृष्ण पराजुलीको पुरानो घरमा बमेन्द्र पुनसहितको टोलीले भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेको स्रोतले बताएको छ । ट्रान्सपाटीमा लागुऔषध समेत… पुरा पढौ