समाचार

पृथ्वी राजमार्गको कृष्णभीरमा ट्र्याक खोल्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो । निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । छेउको भागबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उनले जानकारी दिए ।… पुरा पढौ

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार,भारतबाट पनि आईपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन छन् । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि उनीहरुलाई जीवितै उद्धार गरेको हो । गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । अन्यको पनि उद्धार कार्य जारी रहेको बताईएको छ । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री… पुरा पढौ

पोखरामा भारतीय कार फेवातालमा खस्दा दुई जनाको मृत्यु, दुई घाइते

पोखरा — पोखरामा भारतीय नम्बरको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीस्थित सडकबाट भारतीय नम्बरको कार फेवातालमा खसेको हो। शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाईडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।कारमा चार जना सवार रहेको खुलेको छ। दुर्घटनाको खबर पाएलगत्तै व.प्र.का. बैदामबाट प्र.ना.उ. सुर्य बहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका… पुरा पढौ

कास्कीका १४ सम्पर्कविहीन मध्य २ जना सम्पर्कमा

पोखरा, भदौ १८ भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका पोखराका दुई जना सम्पर्कमा आएका छन् । भोटेकोशीमा आएका बाढीका कारण सम्पर्कविहीन भएका कास्कीका १२ जनामध्य दुई जना सम्पर्कका आएको कास्की प्रशासनले जनाएको छ । सम्पर्कविहीन भनिएका पोखरा–१५ का ३८ वर्षिय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षिया मनु बुढा सम्पर्कमा आएको प्रशासनले जनाएको छ । कास्की जिल्लाका १२ जना नागरिक भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ । कास्कीका पोखरा–१७ की ३३ वर्षिया सविना पौडेल मिश्र,… पुरा पढौ

एमालेले गण्डकीका मुख्यमन्त्रीलाई भन्यो : ३० दिन भित्र विस्वासको मत लिनु

सन्देश श्रेष्ठपोखरा, भदौ १८ नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिन आग्रह गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले आफ्नो पार्टीले सरकार छाडेको ३० दिन भित्र विस्वासको मत लिन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएको हो । संसदीय दलको निर्णय अनुसार भन्दै एमाले गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक देवका पहारीले विहीबार एक सार्वजनिक विज्ञप्ती जारी गर्दै सरकारमा रहेका कुनै पनि दलले सरकार छाडेको अवस्थामा संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विस्वासको मत लिनुपर्ने बाध्यात्मक… पुरा पढौ

सन्तानेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा हालसम्म ८५ लाख रुपैयाँ संकलन

पोखराको प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित महायज्ञमा बिहीबारसम्ममा करिब ८५ लाख रुपैयाँ संकलन भएको छ। बुधबारदेखि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्ममा करिब ८५ लाख रुपैयाँ संकलन भएको प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए । प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार महायज्ञमा सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट मात्रै ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। यस्तै, मन्दिर व्यवस्थापन समिति… पुरा पढौ

रसुवा बाढी प्रभावितलाई महिला समाज कल्याण आमा समुहको सहयोग

पोखराको लामाचौरस्थित अकलामा रहेको महिला समाज कल्याण आमा समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि समुहले कोषमा ४५ हजार ५ रुपैयाँ जम्मा गरेको हो । प्रत्येक बर्ष तीज विशेष कार्यक्रम गर्दै आएको सो समुहले कार्यक्रम नै स्थगीत गरी,बाढी पिडितको सहयोगार्थ रकम हस्तान्तरण गरेको अध्यक्ष वीना खनाल गौतमले जानकारी दिईन् । देशमा आएको महाविपत्तीले सम्पुर्ण नागरिक शोकाकुल भएको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नहुने उनको… पुरा पढौ

सिद्धार्थ क्लबद्वारा ५ लाख बढी सहयोग राहत कोषमा जम्मा

पोखराको अग्रणी सामाजिक संस्था सिद्धार्थ क्लबले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि आर्थिक सहयोग गरेको छ । क्लबले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २० हजार ३ सय ३६ रुपैयाँ जम्मा गरेको जनाएको छ । पीडितलाई राहत पुर्‍याउने उद्देश्यले क्लबले आर्थिक संकलन अभियान नै संचालन गरेको थियो । अभियानमा क्लबका सदस्य र देश तथा विदेशमा रहेका सहयोगीहरूले योगदान दिएका छन् । आर्थिक सहयोगका अतिरिक्त क्लबले बाढीपछिको संकटमा भौतिक सहयोग पनि गरिरहेको छ । अहिले भइरहेको… पुरा पढौ

कुमुदिनी होम्समा मनाइयो, कृष्ण जन्माष्टमी पर्व

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविमा बिहिबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययनरत मन्टेश्वरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले भगवान श्रीकृष्णसँग सम्बन्धित भजनकीर्तन, नृत्य तथा झाँकी प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजनकीर्तन तथा सङ्गीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्‍याएका थिए । उनीहरूको गायन र वाद्यवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक पोशाक र सांस्कृतिक प्रस्तुतिले… पुरा पढौ

शुक्रबारदेखि पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’

दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । यही भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार… पुरा पढौ