समाचार

रहेनन् कांग्रेस नेता प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको शनिबार राती निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा राती ९ : २६ मान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका गिरिलाई निमोनिया भएपछि करिब एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा राखेर उपचार भइरहेको थियो । शुक्रबारमात्रै उनलाई भेन्टिलेटरबाट निकालेर आईसियुमा राखिएको थियो । २०१७ सालबाट नेपाली राजनीतिमा लागेका गिरी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र नं १… पुरा पढौ

मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षणमन्त्री दिपक थापा मगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताएका छन् । आज (शनिबार) नेपाल मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दैै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपउन्मुख अवस्थामा पुुग्न थालेको अभिव्यक्ति दिएका हुुन् । उनले कला तथा संस्कृति मगर समुदायको सम्पत्ती भएको बताउदै संरक्षणको आवश्यकता रहेको बताए । ‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुुदै गएको छ जसको कारण भाषा लोपउन्मुुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको… पुरा पढौ

गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन हुदैन् : उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा जोड दिए । आरकेडी उद्यमशिल महिला क्लबले पोखरामा आयोजना गरेको हरितालिका (तिज) विशेष कार्यक्रममा बोल्दै उनले महिलाहरु ब्यवसायी, शिक्षा र नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर अगाडी बढनुपर्नेमा जोड दिदै भने, ‘अव गहना र कपडा लगाउने प्रतिस्पर्धामा लागे महिला शसक्तिकरण र नेतृत्वमा स्थापित हुन सक्दैनौ । त्यसैले पुरुषसंग प्रतिस्पर्धा गर्नसक्ने गरी सक्षम हुनुपर्छ ।’ उनले अव महिला आर्यआर्जनसंग जोडिनुपर्नेमा जोड दिइन् । उनले महिलालाई सचेत र उद्यमी… पुरा पढौ

माझठाना सम्पर्क समाजको तिज विशेष एवम् सम्मान

पोखरा । माझठानामा जन्मस्थान भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको संस्था माझठाना पोखरा सम्पर्क समाजद्धारा तिज विशेष एवम् सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । पोखरा सितलदेवीस्थित बरालडाँडा तमु समाजको भवनमा आयोजित कार्यक्रममा समाजमा आवद्ध महिलाले नाचगान गर्दै सामूहिकरुपमा दर खाएर माईती र चेलेबेटी बीच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमको उद्घाटन गर्दै वडाको विकास निर्माणमा समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । समाजका संस्थापक… पुरा पढौ

सरकारले कीर्तिमानी आरोहीलाई नगद प्रदान गर्ने

काठमाण्डौं । सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बताए । उनले भने, “आरोहीको कीर्तिमानले नेपालको शिर ठाडो बनाएको छ ।… पुरा पढौ

विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताए । तनहुँको भानु नगरपालिका–३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरे । गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनको भनाइ थियो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा श्रेष्ठ

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको… पुरा पढौ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

तनहुँ । ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । “निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ”, प्रहरी नायब उपरीक्षक युवराज खड्काले… पुरा पढौ

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् । यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम… पुरा पढौ

इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् । स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो । “इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन”, उनले भने । स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय… पुरा पढौ