समाचार

विकास र समृद्धि नै एकमात्र लक्ष्य: एमाले उमेद्वार रश्मि आचार्य

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ का एमाले उमेद्वार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २१ कृष्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले विकासको गति तीव्र र गुणस्तरीय बनाउन कानुनी अड्चन हटाउनु तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले त्यसका लागि संसदमा प्रभावकारी भूमिका र जोडदार पहल आवश्यक भएको बताए ।उम्मेदवार आचार्यले मतदाताको मत र जनआदेशलाई सम्मान गर्दै… पुरा पढौ

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई… पुरा पढौ

दाङमा एमालेको झन्डा प्रकरण:रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण,झण्डा जलाउने थप २ जना पक्राउ

दाङमा नेकपा एमालेको झण्डा जलाएको बिषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र काटेको छ । रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन,… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा एकल गायन प्रतियोगिता सम्पन्न

पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा एकल गीत गायन प्रतियोगिता सम्पन्न भएको छ । दुई तहमा सञ्चालन गरिएको प्रतियोगितामा करिब ३५ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आधारभूत जुनियर तर्फ कक्षा ४ की दिप्सना वि.क प्रथम, कक्षा २ का एडन गुरुङ द्वितीय, कक्षा १ का श्रेयान सुनार तृतीय र कक्षा २ का सुगम पौडेलले सान्त्वना स्थान प्राप्त गरे । यसैगरी आधारभूत सिनियरतर्फ कक्षा ७ का श्रीस सुनार प्रथम, सोही कक्षाका सिद्धार्थ वि.क द्वितीय, कक्षा ५ का युनिका… पुरा पढौ

अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्छु–एमाले उम्मेदवार रश्मि आचार्य

नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं. २ पोखरा १६ को दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै उनले सुनौलो इतिहास निर्माणको अध्याय शुरु गरेको बताए ।‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौं,’उम्मेदवार आचार्यले भने—’हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने… पुरा पढौ

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिईन् । नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिईन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो… पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शनगरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त भोलि, जावलाखेल र सहारा आमनेसामने : कसले मार्ला बाजी ?

सन्देश श्रेष्ठपोखरा, फागुन ८ पोखरामा भोलि आहा १ रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ । पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन् । शनिबार दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त दुबैका लागि ऐतिहासिक हुनेछ । दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको जाउलाखेल उपाधिविहीन् छ । त्यसैले उ उपाधि जितेर ईतिहास कोर्न चाहन्छ । भने आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहो¥याउने छ । २०७० सालमा उपाधि जितको सहारा १२ वर्षपछि उपाधि… पुरा पढौ

कास्की २ मा थापाको घरदैलो अभियान तीब्र कास्की

कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण थापा ‘हेम’ले यो देशमा भ्रष्टाचार उन्मूलन गर्ने कास्की छेत्र न २ मा भएका अव्यवस्थित बसोबास भएको सुकुम्बासी बस्तीका भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बिहीबार पोखरा १७ को घरदैलो अभियानको क्रममा उनले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रमा पनि २ बर्ष भित्र देशमा कोहि भुमी हिन सुकुम्बासी नरहने लेखेको र आफू पनि जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै… पुरा पढौ

उपहार गोलको उद्दतमा जावलाखेल आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन ७ जावलाखेल युथ क्लव १४ वर्षपछि आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार गोलको मद्दतमा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । विदेशी पाहुना टोली आभा एफसी उज्वेकिस्तानसँगको प्रतिष्पर्धात्मक खेलमा जावलाखेल भाग्यमानी ठहरियो । गोलको खडेरी परिरहेका बेला जावलाखेलले ५२ औं मिनेटमा उपहार गोल पाएको थियो । विपक्षी टिममाथि दबाब बढाउने क्रममा जावलाखेलका धर्बेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोल गर्दै… पुरा पढौ