समाचार

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिईन् । प्रधानमन्त्री कार्कीले भन्,ि “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा… पुरा पढौ

नेपालमा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार देखिएन

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल ९टिआई०ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको सङ्केत सूचकाङ्कले दिएको छ ।विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल १०० मध्ये ३४ अङ्कसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ । सूचकाङ्कअनुसार शून्य अङ्क अत्यधिक भ्रष्ट र १०० अङ्क अत्यन्त पारदर्शी मुलुकलाई जनाउँछ । टिआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकाङ्क निर्धारण गर्दा विश्व बैङ्क, विश्व… पुरा पढौ

गण्डकी एकेडेमी (गेन्स) मा विद्यार्थीको ‘क्लास आउट’ कार्यक्रम आयोजना

पोखरा । पोखराको नदीपुरस्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले स्नातक तहका विद्यार्थीका लागि विस्डम बियोन्ड क्लासरुम ‘क्लास आउट’ कार्यक्रम गरेको छ । ‘न लेक्चर, न पाठ्यपुस्तक—तर कक्षाभन्दा बाहिरको जीवनबाट प्राप्त ज्ञान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यावहारिक ज्ञान, अनुभव र जीवन दृष्टिकोणबारे जानकारी दिइएको थियो । कक्षाभन्दा बाहिरको सिकाइलाई केन्द्रमा राखेर गरिएको यस कार्यक्रमले विद्यार्थीलाई जीवनका विविध आयाम बुझ्न सघाएको आयोजकले जनाएको छ ।कार्यक्रममा कलेजका प्रधानाध्यापक विजय आनन्द शर्मा तिमिल्सिनाले शिक्षा डिग्रीमा मात्र सीमित… पुरा पढौ

पोखरामा लोक शिल्पी कल्याण शेरचनको शालिक अनावरण

पोखरा । नेपाली लोक गीत–संगीतका चर्चित गायक तथा संगीतकार लोक शिल्पी कल्याण शेरचनको शालिक पोखरामा अनावरण गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार पोखरा–१८ स्थित जामुन बोट क्षेत्रमा स्थापित शालिकको अनावरण गर्नुभयो। कल्याण शेरचन प्रतिष्ठानद्वारा निर्माण गरिएको शालिक अनावरण कार्यक्रममा कलाकार, साहित्यकार, संगीतप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मेयर आचार्यले शेरचनको नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँको स्मृतिलाई अमर बनाउने उद्देश्यले शालिक स्थापना गरिएको बताउनुभयो। प्रतिष्ठानका प्रतिनिधिहरूले कल्याण शेरचन केवल गायक मात्र नभई… पुरा पढौ

बिटी कपमा रामघाटको सँघर्षपूर्ण जीत, मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने

पोखरा, २६ माघ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे । यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे । तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा… पुरा पढौ

जानकी माविमा जागरण आमा समुहको अक्षयकोष

गण्डकी, २६ माघ पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको जानकी माध्यमिक विद्यालयमा स्थानीय जागरण आमा समुहले अक्षयकोष स्थापना गरेको छ । विद्यालयको ४८ औ बार्षिकोत्सवको अवसरमा आमा समुहले ५१ हजारको अक्षयकोष स्थापना गरेको हो ।नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा खेलिएको भैलो तथा टोलछिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलन गरेको रकमबाट समुहले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका विद्यार्थीको पढाईमा सहयोग पु¥याउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको समुहका निवर्तमान अध्यक्ष शोभा भण्डारीले जानकारी दिए ।बार्षिकोत्सव समारोहमा आमा समुहका पदाधिकारी… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार दौडने, फूल म्याराथनमा २१ देशका १५१ प्रतिष्पर्धामा उत्रिने

सन्देश श्रेष्ठपोखरा, माघ २६ पर्यटकीय नगरी पोखरामा आगामी फागुन २ गते हुने अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार धावक दौडिने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा २१ विधामा १० हजार धावक दौडिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जसमा प्रतिष्पर्धात्मक रुपमा ३ हजार ५ सय ६ र रन फर फनमा ६ हजार ७ सय जना गरी कुल १० हजार २… पुरा पढौ

एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी,… पुरा पढौ

एमाले उमेद्वार रश्मि आचार्यको योजना,‘लिङ्क पोखरा’को परिकल्पना

नेकपा एमाले क्षेत्र नं. २ का उमेद्वार रश्मि आचार्यले पोखराको शहरी र ग्रामीण क्षेत्रबीच सन्तुलित विकास गर्न ‘लिङ्क पोखरा’ को परिकल्पना गरिएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं। ७ मा निर्वाचन सम्पर्क कार्यालयको स्थापना पछि आयोजित कार्यक्रममा उनले ‘लिङ्क पोखरा’ एक दीर्घकालीन मास्टर प्लान हुने र यसले ग्रामीण र शहरी क्षेत्रबीच स्थानीयवासी तथा पर्यटकको आवत–जावत बढाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने स्पष्ट पारे । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य रहेको बताउँदै उमेद्वार आचार्यले पर्यटनको… पुरा पढौ

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो ।भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने… पुरा पढौ