समाचार

यस्तो छ, पोखरा–१५ को २ महत्वपूर्ण निर्णय

पोखरा–१५ का नवनिर्वाचित जनप्रतिनिधिहरुले २ महत्वपूर्ण निर्णय गरेका छन्। नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेसँगै आगामी ५ वर्षमा वडाले प्राथमिकता साथ काम गर्ने योजनालाई अघि सारेका हुन्। वडाले वास्तविक लगत निकालेर अधिकरण गरिएका सार्वजनिक जग्गाको संरक्षण र शिशु स्याहार केन्द्रलाई आधारभूत विद्यालयको रुपमा विकास गर्ने निर्णय गरेको हो। नवनिर्वाचित वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका सार्वजनिक जग्गाहरुको वास्तविक लगत निकालेर अधिकरण भएका जग्गालाई संरक्षण गर्ने लक्ष रहेको बताए। वडामा रहेका विभिन्न शिशु स्याहार केन्द्रलाई आवश्यकता हेरेर आधारभूत विद्यालयको रुपमा विकास गर्ने अर्को लक्ष… पुरा पढौ

पोखरा–१३ मा ‘स्कूल टु वर्क’

पोखरा महानगरपालिका वडा नं. १३ मा विद्यालयको शिक्षालाई सीप विकास र कामसँग जोडेर शैक्षिक गुणस्तरमा विकास गर्ने लक्ष लिएको छ। शैक्षिक सीप विकास र कामसँगै शैक्षिक गुणस्तरमा विकासका लागि लक्ष्यसहितको ‘स्कूल टु वर्क’ कार्यक्रम संचालन गरिने भएको छ। सो वडाका वडाध्यक्ष किरण बरालसहित नवनिर्वाचित जनप्रतिनिधिले बिहीबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरिएको हो।सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्डमै लगेर सम्बन्धित विषयवस्तुबारे जानकारी दिनकै लागि ‘स्कूल टु वर्क’ कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो। यसैगरी वडाभित्र कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी… पुरा पढौ

पोखरा–३ को वडा कार्यालयबाट १० जना विद्यार्थीलाई छात्रवृत्ति

पोखरा महानगरपालिका वडा नं. ३ ले १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। नवनिर्वाचित वडाध्यक्ष प्रकाशमान उदाससहित वडा सदस्यहरुले शुक्रबार पदस्थापन गर्दै यस्तो निर्णय गरेका हुन्। वडाभित्रका सामुदायिक तथा निजी विद्यालयसँग समन्वय गरि आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडाध्यक्ष उदासले बताए। पोखरा–३ नीलगिरि टोलका प्रसिद्ध परियारलाई माउन्ट अन्नपूर्ण स्कूलमा ७ देखि १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको उदासले जनाए। पदस्थापन कार्यक्रममा… पुरा पढौ

पोखरा–१६ का नवनिर्वाचित वडाध्यक्ष तिमिल्सिनाले यस्तो घोषणा गरे

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षमा निर्वाचित अमृत शर्मा तिमिल्सिनाले बिहीबार पदबहाली गरेका छन्। उनले वडाका १०४ वर्षीया वृद्धा फत्यकुमारी केसीको हातबाट आर्शिवाद लिएर आफ्नो जिम्मेवारी सम्हालेका छन्। पदबहालीसँगै वडाध्यक्ष तिमिल्सिनाले ३ वटा निर्णय गरेका छन्। उनले वडाभित्र रहेका स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य चौकी अर्मला र मातृशिशु मितेरी अस्पतालमा गएर प्रसुती गराउने वडाका स्थायी बासिन्दा महिलाहरुलाई पोषण खर्च बापत १ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेका छन्। त्यसैगरी, स्वास्थ्य चौकी र अस्पताल आउँदा लागेको… पुरा पढौ

युआरएल अब बाटुलेचौरमा पनि

पोखरा । युआरएलले पोखरा १६ को बाटुलेचौरबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ । पोखरा १६ को मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएल बाटुलेचौरमा करिब ५० लाख लगानी भएको उनको भनाइ छ । सेवा सुरुआतको अवसरमा जेठ महिनाभार मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजहरुमा समेत ३० प्रतिशत छुट दिइएको उनले… पुरा पढौ

बाग्लुङ बसपार्क स्तरोन्नती गर्ने पोखरा २ का जनप्रतिनिधिको निर्णय

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा वाग्लुङ वसपार्क स्तरोन्नती गर्ने निर्णय गरेका छन्। उपत्यका नगर विकास समितिले भाडामा लिएको वसपार्कलाई नगरपालिकाको मातहतमा ल्याई नमुना वसपार्ककारुपमा विकास गर्ने निर्णय गरेको वडाध्यक्ष प्रधानाङ्गले वताए ।आधुनिक वसपार्क निर्माणका लागि सरोकारवाला निकायसंग छलफल भईसकेको छ,प्रदेश सरकार पनि वजेट दिन तयार छ, वडाध्यक्ष प्रधानाङ्गले भने,अब हामी नेपालको मुख्य मुख्य शहरमा वस छुटाउने र यात्रुलाई सुविधा दिने गरि काम शुरु गर्छाैं । शुक्रबार वसेको पहिलो वैठकले… पुरा पढौ

जेष्ठ नागरिकलाई खाजा र सुत्केरीलाई पोषण खर्च उपलब्ध गराउने पोखरा २६ का जनप्रतिनिधिको निर्णय

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ को नवनिर्वाचित जनप्रतिनिधिले वडाभित्र रहेका जेष्ठ नागरिकका लागि खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च उपलब्ध गराउने निर्णय गरेका छन् । वडाध्यक्ष नरेन्द्र थापाले शुक्रबार वडा कार्यालयमा पदभारग्रहण गर्दै, वडामा रहेका जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकलाई दिवा खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च वापत दुई हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका हुन । पदस्थापन पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासका लागि सवै राजनितिक पार्टीको सहयोग आवश्यक रहेको बताए… पुरा पढौ

शुभकामना गोल्डकप असार पहिलो सातादेखि हुने

पोखरा । कोरोना भाइरस र स्थानीय निर्वाचनका कारण रोकिएको छैटौं अन्तराष्ट्रिय शुभकामना कपको नयाँ मिति सार्वजानिक भएको छ ।कोरोना महामारीले ३ वर्ष थलिएपछि स्थगित भएको प्रतियोगितालाई स्थानीय निर्वाचनले समेत प्रभाव पारेको थियो ।पोखरा महानगरपालिका २५ स्थित हेम्जा युनाइटेड क्ल्बको आयोजनामा हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म निरन्त संचालन भएपनि छैटौं संस्करणमा आइपुग्दा भने स्थगित हुन पुगेको थियो । क्लबले प्रतियोगितालाई निरन्तरता दिदैँ आगामी असार ४ गतेदेखी प्रतियोगिता गर्ने भएको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल उदेश्यका साथ… पुरा पढौ

पोखरा १२ को निर्णयः १२ वटा कामको सुरुवात

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण कायृक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिर लाई दिने, वार्ड भरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, वार्ड मा ब्यबस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रकृया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्,… पुरा पढौ

बालबालिकालाई निशुल्क भर्ना अभियान : वडाध्यक्ष गुरुङ

पोखरा । पोखरा महानगरका नवनिर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन् । केहीले पदभारसँगै निर्णय गरेका छन् । पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङ(राजु सर)ले पहिलो निर्णय गर्दै वडामा स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु गरिने बताए । वडामा दुईवटा सामुदायिक विद्यालय रहेको उल्लेख गर्दै दुई सामुदायिक विद्यालयमा स्कुल जानबाट बञ्चित भएका बालबालिकालाई भर्नाको व्यवस्थापन वडा कार्यालयले गर्ने उनको भनाई थियो । ‘स्कुल जानबाट बञ्चित भएका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना वडा कार्यालयले गर्ने छ ।’ उनले आफनो पहिलो निर्णय… पुरा पढौ