समाचार

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको… पुरा पढौ

सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य: राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गरेका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन् । विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन उनले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र… पुरा पढौ

सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

अबुजामा करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् । नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् । साथै यस अवधिमा सेनाले कम्तीमा २०… पुरा पढौ

पहिला जोसँग हारे अहिले उसैलाई हराए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा ९एमाले० का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन्। विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गरेका थिए । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन्। गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा ९माओवादी केन्द्र० का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् । तेह्र… पुरा पढौ

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए । गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको… पुरा पढौ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक÷एक स्थानीय तहमा जितेका छन् । पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप… पुरा पढौ

निर्वाचित वडा सदस्यको विजय जुलुस पछि निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ । बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो । उहाँले वडा सदस्यमा सर्वाधिक… पुरा पढौ

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु… पुरा पढौ

भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

तनहुँ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएका हुन् । त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरेका निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी भएका छन भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७… पुरा पढौ

देवीजंगका सपना, ‘सांस्कृतिक मादी’

मादी गाउँपालिकालाई संस्कृतिको धनी पालिका बनाउने नव निर्वाचित अध्यक्ष देवीजंग गुरुङको सपना छ। मादी, त्यसैपनि संस्कृतिको धनी पालिका रहेको गुरुङ दावी गर्छन्। गाउँका पुरानो चिनारीलाई संरक्षण र प्रबद्र्धन गरेर समृद्ध मादी बनाउने गुरुङको योजना छ। मादी गाउँलाई गाउँकै रुपमा विकास गर्ने गुरुङले कल्पना गरेका छन्। एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै गुरुङले अबको ५ वर्षभित्रमा मादीलाई अग्र्यानिक मादी बनाउने उनले बताए। आफू एक्लैले समृद्ध मादी बनाउन असंभव रहेको गुरुङ बताउँछन्। त्यसका लागि सत्तापक्ष, प्रतिपक्ष सबै राजनीतिक दलको साथ, सहयोग… पुरा पढौ