समाचार

पोखरामा ६५४६२ मत गणना : धनराजलाई ३२७० मतको अग्रता

पोखरा, जेठ ६ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार २ सय ७० मत पु¥याएका हुन् । हालसम्म ६५ हजार ४ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २… पुरा पढौ

पोखरा-९ मा कांग्रेसको प्यानल दोहोरियो

पोखरा महानगरपालिका वडा नम्बर-९ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । यसअघि कांग्रेसले नै जितेको पोखरा–९ को वडाध्यक्षसहित सबै सदस्यमा यस पटकपनि कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका दीपेन्द्र मर्सानी १ हजार ५ सय ७४ मत ल्याएर बिजयी भए । उनले एमालेका वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङलाई ७ सय १९ मतको फराकिलो अन्तरले पराजित गरे । एमालेका उम्मेदवार गुरुङले ८ सय ५५ मत प्राप्त गरे । सदस्यहरुमा पनि कांग्रेसका सबै उम्मेदवार बिजयी भए । महिला सदस्यमा भावना… पुरा पढौ

पोखरा-७ को वडाध्यक्षमा कांग्रेस, सदस्यमा सबै एमालेका बिजयी

पोखरा महानगरपालिका वडा नम्बर-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई ९७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गरे भने पराजित एमाले उम्मेदवार बरालले १ हजार २ सय ८६ मत ल्याए । महिला सदस्यमा एमालेकी बसुन्धरा लामिछाने १ हजार ३ सय २३, दलित महिला सदस्यमा सुनिता सुनार १ हजार २ सय ९५ तथा खुल्ला सदस्यमा एमालेका अर्जुनबहादुर भुजेल थापा… पुरा पढौ

पोखरा–२९ मा एमालेको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमालेले अग्रता लिएको छ । पोखरा–२९ मा शुक्रबार विहानसम्म १ हजार ३ सय ९९ मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले ६ सय ५६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले ५ सय ५६ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच एक सय मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले ६सय ४४ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ४ सय ८६ तथा दलित महिला सदस्यमा एमालेकी… पुरा पढौ

पोखरा-२८ मा वडाध्यक्ष र महिला सदस्यमा कांग्रेस, अन्यमा एमालेको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २८ मा मिश्रित अग्रता रहेको छ । पोखरा–२८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण लामिछानेले ९ सय २४ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका बैनबहादुर गुरुङले ८ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवार डाल्डादेवी भुजेलले ९ सय १३ मत ल्याएर अग्रता बनाउँदा एमालेकी राधिका पौडेलले ८ सय ६५ मत तथा दलित महिला सदस्यमा एमालेकी सरु विश्वकर्माले ८ सय ८८ मतको झिनो अग्रता बनाउँदा कांग्रेसकी ईन्द्रकला कामीले ८ सय ६८… पुरा पढौ

पोखरा–२७ मा ३०५० मत गन्दा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २७ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यो वडामा हालसम्म ३ हजार ५० मत गणना गर्दा कांग्रेसको वडाध्यक्षसहित सदस्यहरुले अग्रता लिइरहेका हुन् । वडाध्यक्षमा कांग्रेसका पूर्णकुमार गुरुङ १ हजार ५ सय ६९ मतसहित अग्रता लिँदा एमालेका सूर्यमणी लामिछाने १ हजार १ सय ६९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगरले १ हजार २ सय ३ मत ल्याएर अग्रता बनाउँदा नेकपा माओवादी केन्द्रकी देवीमाया अधिकारीले १ हजार ३२ मत ल्याएर पछ्याईरहेकी छन् ।… पुरा पढौ

पोखरा १४ मा कांग्रेस भारी मतले अगाडि

पोखरा महानरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु भारी मतसहित अगाडि रहेका छन् । पोखरा–१४ मा कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षसहित सबै सदस्यमा भारी मतसहित अग्रता लिइरहेका छन् । वडाध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की (बोधराज) १ हजार ६ सय ५६ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई एमालेका डेलबहादुर गुरुङले ८ सय ७६मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले १ हजार ४ सय ४० मत ल्याएर अग्रता बनाउँदा एमालेकी सरिता बास्तोलाले ९ सय ३१ मत ल्याएर पछ्याईरहेकी छन् । दलित… पुरा पढौ

पोखरा–८ मा एमालेको प्यानल निश्चित

पोखरा महानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै बिजयी हुने निश्चित भएको छ । पोखरा–८ मा वडाध्यक्षसहित एमालेको प्यानल नै बिजय नजिक पुगेको हो । पोखरा–८ मा हालसम्म ३ हजार ३ सय मतगणना सम्पन्न हुँदा एमालेका रुद्रनाथ बरालले १ हजार ६सय ६८ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका उम्मेदवार शारदा गिरीले १ हजार १ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमालेकी उम्मेदवार पवित्रा पौडेलले १ हजार ५ सय १७ मत पाएर अग्रता लिएकी… पुरा पढौ

पोखरा–१० मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । हालसम्म भएको ५ सय मत गणनामा कांग्रेसका वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरुले शुरुवाताी अग्रता लिएका हुन् । वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले २ सय ६२ मत प्राप्त गरेका छन् । उनलाई एमालेका उम्मेदवारले १ सय ४७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेसका उम्मेदवारले २ सय ३३ पाउँदा एमालेका उम्मेदवारले १ सय ५८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले २ सय ४२ मत पाउँदा एमाले उम्मेदवारले १ सय ४४ मत… पुरा पढौ

पोखरामा ६४०११ मत गणना : धनराजलाई ३१६६ मतको अग्रता

पोखरा, जेठ ६ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पु¥याएका हुन् । हालसम्म ६४ हजार ३२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय… पुरा पढौ