समाचार

मतदातासामु यस्तो छ, धनराजको प्रतिबद्धता

पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको २ वर्ष भित्रै सिटी बसपार्क बनाउने बताए।उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ आफू चुनावी मैदानमा होमिएको उल्लेख गरे। उनले पोखराको ल्याण्डफिल साइडको व्यवस्थापन गरी अन्तराष्ट्रिय विमानस्थललाई चाँडो संचालन गर्न पहल गर्ने बताए। उनको प्रतिबद्धता छ, ‘पोखराको फोहोर व्यवस्थापन… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते… पुरा पढौ

मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं : मादी गठबन्धन

मादी । मादी गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताएका छन् । आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताएका हुन् । मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्नपट्टी लाग्ने बताएका छन् । ‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउदै गई… पुरा पढौ

पाँच दलीय गठबन्धन टाउको नभएका मुर्कुट्टा हुन्ः पूर्व गृहमन्त्री अधिकारी

पोखरा । पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले आम–नागरिकले भनेको भन्दा बढी काम गर्ने पार्टी भएको दावी गरेका छन् । पार्टीले पोखरा ६ मा आयोजना गरेको चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै उनले आम नागरिकको समस्यालाई उनीहरुले दर्साउनुभन्दा अगाडि समाधान गर्ने पार्टी भएको दावी गरेका हुन् । भेलामा स्थायी कमिटी सदस्य अधिकारीले मर्दी नदीको मुहानको पानी पोखरामा शुद्धीकरण गरेर मात्र ल्याउनुपर्छ भन्ने अडान आफूले राखेको दावी समेत गरेका छन् । ‘त्यो समयमा अन्य विपक्षी दलका नेताले… पुरा पढौ

बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछु : मेयरका उमेद्वार थापा

पोखरा, २५ वैशाख ।पोखरा २३ का वडावासी वैशाख ३० को प्रतिक्षामा छन् । नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले वडावासी असन्तुष्टि भएको र वैशाख ३० मा एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिएर जिताउन आतुर भएका हुन् । वडावासीले अहिलेसम्म कांग्रेसलाई भोट दिएर गल्ती भएकोमा आत्मालोचना गरेका छन् र अब गल्ती नदो¥याउने वचन दिएका छन् ।पोखरा महानगरपालिकाका एमालेका मेयर र उपमेयर सहितको घरदैलो र कोणसभामा २३ नंका वडावासीले सूर्य चिन्हमा मत दिएर एमाले… पुरा पढौ

एमाले सबै अट्ने पार्टी हो : उम्मेदवार कृष्ण थापा

पोखरा, २५ बैशाख ।पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे ।उनले एमालेले जनतालाई सुख र दुखमा साथ… पुरा पढौ

वडा नं-११ मा एमाले घरदैलो, उमेद्वार गुरुङ भन्छन् : सुकुम्बासीलाई एक घर एक रोजगारीको ग्यारेण्टी गर्छौं

पोखरा २५ वैशाख ।स्थानीय तहको चुनावी अभियान अन्तरगत पोखरा ११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गत वैशाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताबाट आर्शीवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा एमालेका उम्मेदवार विजयी हुने पोखरा ११ निर्वाचन प्रचारप्रसार संयोजक मदन सुनारले दावी गरे ।‘घरदैलोमा हामी जहाँ–जहाँ पुग्यौं, त्यहाँ रहनुभएका आमाबुवा दाजुभाई दिदीबहिनीले यसपाली ढुक्क हुनुस्, हामी तपाईंहरुलाई जिताउँछौं भन्नुभएको छ ।’ उनले भने, ‘यसपटक पोखरा ११ मा एमालेको जित पक्का छ ।’वडामा रहेका समस्याको पहिचान… पुरा पढौ

पोखरा–१२ का जनता भन्छन् : सिंचाई र बाटो ल्याईदिने माओवादीलाई भोट

पोखरा, २५ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–१२ का लालीगुराँस टोल र भृकुटीमार्गका जनताले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्ने प्रतिबद्धता जनाएका छन् । घरदैलोका क्रममा पोखरा–१२ का उम्मेदवारहरु लालीगुराँस शान्ति मिनिमार्गका बासिन्दा तथा भृकुटी मार्गका बासिन्दाले माओवादीकै कारण आफ्नो ठाउँमा बाटोसँगै सिंचाईका लागि नहर र कुलो प्राप्त भएकाले त्यसको गुन सम्झेर माओवादीलाई भोट हाल्ने बताएको माओवादीबाट सदस्य पदकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् । स्थानियलाई उद्धृत गर्दै उनले भनिन्,‘हाम्रो लागि विकास दिने माओवादी नै । अब हामी माओवादीलाई नै भोट… पुरा पढौ

पोखरा–३२ मा माओवादी उम्मेदवार : चुनाव जितेमा घरघरमा आएर लालपूर्जा बाँड्छौं

पोखरा, २४ बैशाख नेकपा माओवादी केन्द्रका नेता विष्णु पौडेलले चुनाव जितेलगत्तै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएका छन् । पोखरा–३२ मा आईतबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादीका नेता पौडेलले भने,‘अहिले भोट हालेर चुनाव जिताउनूस् । हामी चुनाव जितेको केहि समयमै घर÷घरमा आएर लालपूर्जा दिन्छौं ।’ उनले कांग्रेस एमालेले चुनाव जितेपनि लालपूर्जापनि नदिने र विकास र समृद्धिका लागिपनि काम नगर्ने भएकाले उनीहरुलाई भोट हाल्न नहुने बताए । कार्यक्रममा माओवादी उम्मेदवारहरुलेपनि जितेलगत्तै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको पक्षमा उभिने… पुरा पढौ

पोखरा-२२ का उम्मेदवार बराल भन्छन् : बाँदर नियन्त्रणमा पहल गर्छु

पोखरा २५, वैशाख पोखरा २२ (पुम्दी भुम्दी) मा बादर नियन्त्रणको लागि बिषेश पहल गर्ने पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन्। यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि संचालन भएको प्रचार अभियान अन्र्तगत घरदैलो कार्यक्रममा स्थानियले बादर नियन्त्रण गर्न माग गरेसंगै अध्यक्षका प्रत्यासी बरालले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन्। स्वतन्त्र उमेदवार बरालले भूईकटहर चिन्हःमा आफुलाई स्थानियले मतदान गरी विजयी गराएको खण्डमा आफुले बादर नियन्त्रणको लागि बिउ पुंजिको रुपमा क्षतिपुर्तिको व्यबस्था, बैकल्पिक… पुरा पढौ