समाचार

गठबन्धनका मतदातालाई जिताउन कांग्रेसको वडैपिच्छे ‘नमूना मतदान’

पोखरा, २५ बैशाख । चुनावी घरदैलोमा पुगेका उम्मेदवार र उनीहरुको समूहले यतिबेला महानगरका ३३ वटै वडाका मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेका छन् । मत बदर नभई गठबन्धनको पक्षमा बढि भन्दा बढि मत ल्याउनका लागि मतदाता शिक्षा आवश्यक भएको ठहर गर्दै उम्मेदवारहरुले मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाएका हुन् । नेपाली काँग्रेसले मतदाता नझुक्किउन् भनेर प्रत्येक वडामा टोली नै खटाएर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । ‘प्रत्येक वडामा हामीले वडा कमिटिमार्फत यो अभियानलाई तिव्रता दिईरहेका छौँ ।… पुरा पढौ

पोखरा-१८ मा २२ सय भन्दा धेरै मत ल्याएर जित्छौं : राजु

पोखरा २५ बैशाख ।पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गरेका छन् । उनले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पार्दै आफ्नो प्यानलले जित्ने दावी गरेका हुन । आफुसंग वडा विकासको लागि योजना र जनताको समर्थन भएको तिमिल्सनाले बताए । गाउँ गाउँमा सिहदरबारको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहीन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको… पुरा पढौ

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

काठमाडौ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ । कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो… पुरा पढौ

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन: अध्यक्ष दाहाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उनले गठबन्धनको निरन्तरतामा जोड दिए । उनले भने, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर… पुरा पढौ

पोखरा-६ मा युवाहरुको आह्वान : गठबन्धनमा मतदान

पोखरा, बैशाख २५ । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ ।पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा नेपाल विद्यार्थि संघ, तरुण दल, युवा संघ नेपाल र वाइ सि एलका युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार जगतबहादुर पहारीले युवाह्ररुको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय युवाहरुले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन… पुरा पढौ

गठबन्धन राष्ट्रिय आवश्यकता हो: सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताए । गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।” गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा… पुरा पढौ

गठबन्धनले जनताको विश्वास जित्दै आएको छः अध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई÷दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग… पुरा पढौ

एमालेको भोलि पोखरामा चुनाबी सभा , अध्यक्ष ओलीले सम्बोधन गर्ने

पोखरा । ने.क.पा.(एमाले) ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।उक्त सभालाइ एमाले अध्यक्ष के.पी. शर्मा ओलीले सम्बोधन गर्नेछन्।भोलि पोखराको अमरसिंह चौरमा पूर्वान्ह ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।ओली सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्की बासी जनसमुदायमा एमालेले अपिल गरेको छ। पुरा पढौ

एमालेको भोलि पोखरामा चुनाबी सभा , अध्यक्ष ओलीले सम्बोधन गर्ने

पोखरा । ने.क.पा.(एमाले) ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।उक्त सभालाइ एमाले अध्यक्ष के.पी. शर्मा ओलीले सम्बोधन गर्नेछन्।भोलि पोखराको अमरसिंह चौरमा पूर्वान्ह ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।ओली सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कि बासी जनसमुदायमा एमालेले अपिल गरेको छ। पुरा पढौ

हिमालतिर उकालो लाग्दै जसपा,बाबुरामको पदचाप पछ्याउदै अन्नपूर्णका नवराज

पोखरा । जनता समाजबादी पार्टी (जसपा) को प्रभाव हिमाल र पहाडको तुलनामा मधेशमा अत्याधिक रहेको छ । तर पछिल्लो समय जसपा पहाड हुँदै हिमालसम्मै उक्लिएको छ । कास्कीको हिमाली भेग समेटिएको अन्नपुर्ण गाउँपालिकामा यसपटक जसपाले युवा उम्मेदवार नवराज पौडेललाई गाउँपालिका प्रमुखको रुपमा अगाडि सारेको छ । बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध पौडेलको उम्मेदवारीले अन्नपुर्ण गाउँपालिकामा युवाहरुमाँझ राम्रै प्रभाब पारेको जसपाले दाबी गरेको छ ।पार्टीको प्रभाव अरु पार्टीको भन्दा कम भएपनि प्रमुख पदका उम्मेदवार पौडेलसहितको टोली घरघर भोट माग्दै हिडेको छ ।… पुरा पढौ