समाचार

पोखरा जेसिसको आयोजनामा शनिवार ककस कार्यक्रम गरिदै

पोखरा । पोखरा जेसिसको आयोजनामा शनिबार ककस कार्यक्रम गर्न लागिएको छ । पोखरा महानगरपालिकाका उम्मेद्धारहरुसंग परिचय तथा भावी योजनाको विषयमा छलफल गरि विकासका लागि सहकार्य गर्ने उद्धेश्यका लागि ककस कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा आगामी निर्वाचनको लागि महानगरको मेयर पदमा उम्मेद्धारी दिएका उम्मेद्धारहरुले महानगरवासीसंग स्पष्ट आफ्नो विकासका योजना राख्ने र स्थानिय जनताले पनि आफ्ना गुनासो,समस्या र समाधानका प्रयत्नहरु प्रत्यक्ष रुपमा राख्न पाउने पोखरा जेसिसका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक किरण केसिले बताएका छन् । उनका अनुसार जिल्ला प्रशासन कास्कीसंग… पुरा पढौ

दुर्घटनामा पाँचको मृत्यु, १८ घाइते

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो । सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली… पुरा पढौ

पोखरा २३ मा ८० प्रतिशत मतदाताको घरदैलोमा पुग्यो एमाले

पोखरा । पोेखरा २३ मा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै वडामा घरदैलो कार्यक्रम जारी छ । यसै अन्तरगत वडाको ८० प्रतिशत मतदाताको घरमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ र बाँकीमा घरदैलो जारी रहेको वडा कमिटी अध्यक्ष चेतनाथ भण्डारीले जानकारी दिए । उनका अनुसार वडाका रैकर, मैदान, पोखरी, बाम्दी, मार्की, विरिम, निर्माने, चापाकोट, मगरगाउँ, घडेरी ओखलढुंगा, औंसेलुचौर, खोरपाखा, नयाबस्ती, कार्कीको तगरा, ठुलाखेत, डुडेको फाँट, घाटिछिना, बराङचैनपुर, मार्सीखेत लगायतका स्थानमा एमालेले घरदैलो गरिसकेको छ… पुरा पढौ

बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिका वडा नं ६ मा चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनका उम्मेदवारहरुले सुरु गरेको निर्वाचन अभियानमा आमा समूह, युवा क्लब, टोल विकास संस्था लगायतबाट स्वतस्र्फत रुपमा जनसहभागिता बढिरहेको । नताको समर्थन बढ्दै जाँदा उम्मेदवारहरु उत्साहित बनेका छन् । वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले चुनावी अभियानमा देखिएको उत्साह र सहभागिताले विजयीको नजिक पुगेको अनुभुति भएको बताए । पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा समै… पुरा पढौ

जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन: दलित समुदाय

पोखरा, २१ बैशाख । पोखरा २३ का दलित समुदायका रामजी घोताङले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवारी दिएका कृष्ण थापाले जातीय विभेदको आरोपलाई वेवास्त्ता गर्नु दलित समुदायलाई सह्य नभएको बताएका छन् । घोताङेले दलित समुदायले बोल्न समेत नपाएको अवस्थामा गठबन्धनले बोल्ने अवसर दिँदै जातीय भेदभावको अन्त्य गर्ने कामको सुरूवात भएको बताए । अहिले दलितको आत्मसम्मानमा आघात पर्ने अभिव्यक्त आएको र त्यसको प्रतिकार गर्न जरुरी रहेको उनले बताए । उनले दलित समुदायलाई आग्रह गर्दै यो विभेद विरुद्व लाग्नुपर्ने बताए । ‘एमालेमा सामन्तवादी… पुरा पढौ

पोखरा-२३ मा पिच सडक नदेखेपछि आचार्यले भने : पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ

पोखरा, २१ बैशाख ।पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक पिच गर्ने जिम्मा गठबन्धनले लिने बताएका छन् । पोखरा–२३ मा बुधबार घरदैलो गर्दै गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले पोखरा–२३ का अधिकांश ठाउँमा पिच सडक नदेखेपछि भने,‘यहाँ पछिल्लो पाँच वर्षमा पिच सडक समेत बन्नेछ । यो त बत्ती मुनिको अँध्यारोजस्तै भयो । अब हामीलाई भोट दिनुहोस् यहाँका बाटामा पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ ।’पोखरा महानगर २३ मा अहिलेसम्म ३ सय मिटरसम्म मात्र पिच बाटो छ । महानगरकै वडामा पिच बाटो नहुनु… पुरा पढौ

पोखरा–१ वडाध्यक्षका माओवादी केन्द्र उम्मेदवार अधिकारी भन्छन …

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १ बाट वडाध्यक्ष पदका लागि ४ जना प्रत्यासीहरु छन्। यसअघिको निर्वाचनमा नेकपा एमालेले पकड जमाएको महानगरको उक्त वडामा एमालेकै उम्मेदवार सहारा प्रधान, नेपाली काँग्रेसकी सीता गुरुङ, नेकपा (माओवादी केन्द्र) का भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङ वडाध्यक्षका उम्मेदवार हुन्। आसन्न स्थानीय निर्वाचनका लागि वडाध्यक्षका प्रत्यासीमध्ये एक नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका भानुभक्त अधिकारीले आफ्नो जित हुने दाबी गरेका छन्। माओवादी केन्द्र पोखरा कमिटीका उपाध्यक्ष समेत रहेका… पुरा पढौ

पोखरामा मेयर उपमेयर सहित अधिकांस वडामा हाम्रो जित सुनिश्चित : न्यौपाने

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले मेयर उपमेयर सहित अधिकांस वडाहरुमा जित हाँसिल गर्ने दावी गरेका छन् । नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत “फेसबुक लाइभ” कार्यक्रममा बोल्दै उनले पोखराका ३३ मध्ये २७ देखि ३० वडामा जित सुनिश्चित भएको औल्याउनुभयो ।‘देशैभरका नगरहरुमध्ये उत्कृष्ट काम गरेर सफल भएको महानगर पोखरा हो, वडा वडालाई अधिकार प्रत्यायोजन गरि घरघरमा सरकार पुगेको अनुभुति दिलाउने गरि काम गरेका छौं, यो नै हाम्रो जितको आधार हो’–उनले भने… पुरा पढौ

पोखरामा गठबन्धनको घोषणा ः ‘महानगर स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्छौं

पोखरा, २१ वैशाख ।पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् । यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने उनीहरुको योजना छ ।आफूहरु निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुले जनाएका छन् । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र… पुरा पढौ

६ महिना भित्र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमाः गठबन्धनको घोषणा

गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन्। उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन्। पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधासहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन्। विद्यालय स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि संचालन गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन्। निर्वाचित… पुरा पढौ