समाचार

पोखरा-१ का वडाध्यक्षका माओवादी उम्मेदवार अधिकारी भन्छन् : स्मार्ट वडा हाम्रो प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र))बाट पोखरा महागनरपालिका–१ का वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारीले वडावासीलाई स्थानीय सरकारले अनुभुति गराउने बताएका छन् । चुनावी घरदैलोका क्रममा उहाँले विजयी भएपछि वडाको सेवालाई जनमैत्री बनाइने प्रतिवद्धता जनाउँदै मत मागे ।वडालाई स्मार्ट वार्डको रुपमा विकास गर्न र समृद्ध वडा बनाउने अभियानमा माओवादी (केन्द्र)को विकल्प नरहेकामा जोड दिए । ‘स्मार्ट वडा बनाउने हाम्रो प्रतिबद्धता छ’–उनले भने । वडा न.१ मा विकासको काम बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा ,भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार ,स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी… पुरा पढौ

पोखरा १९ का एमाले उमेद्वार बस्ती–बस्तीमा

पोखरा, २० वैशाख ।मतदानको दिन नजिकिंदै गर्दा नेकपा एमाले पोखरा १९ का शीर्ष नेता उमेद्वार सहित प्रचार अभियानमा खटिएका छन् । अन्तिम समयमा मेयरको टिकट खोसिएर असन्तुष्ट बनेका प्रदेश कमिटीका सचिवालय सदस्य दिपक पौडेल सहितका नेताले आज चितेपानी, काउरे, मणि लगायतका क्षेत्रमा पुगेर पार्टीको पक्षमा मत मागेका छन् ।नेता पौडेल, शोभामोहन पौडेल, माधव बास्तोला, वडा ईन्चार्ज सुरेन्द्रमानसिह भण्डारी, नेता बलराम भण्डारी, उमनाथ आचार्य, काठमाडौं पोखरा सम्पर्क मञ्चका सचिव महेन्द्र अधिकारी लगायतले जन सरोकारका विषयमा पार्टी प्रतिवद्ध रहेको बताउँदै, विकास र… पुरा पढौ

महानगरको विकास गर्न स्रोतको अभाव छैन : मेयर उम्मेदवार आचार्य

पोखरा, २० वैशाखपोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण… पुरा पढौ

ब्यबस्था बदल्ने माओवादी नै हो, अब अवस्था बदल्न माओवादीलाई भोट दिनूस् : राजकाजी

पोखरा, बैशाख २० नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले… पुरा पढौ

माछापुच्छ्रेबासीको एक स्वर : विकास र समृद्धिका लागि गठबन्धनलाई जिताउँछौँ

पोखरा, २० बैशाख । कास्कीको माछापुच्छ«े गाउँपालिकाका मतदाताहरुले यो पटक गठबन्धनका उम्मेदवारहरुलाई जिताएर नेतृत्वमा पठाउने वचन दिएका छन् । आसन्न स्थानीय चुनाव लक्षित घरदैलोको क्रममा मतदाताको घर घरमा पुगेका उम्मेदवारहरुलाई गाउँपालिकाबासीले यस्तो वचन दिएका हुन् । घरदैलोको क्रममा गठबन्धनको उम्मेदवारसहितको टोली मंगलबार गाउँपालिकाको वडा नम्बर १ स्थित करुवा कपुचे पुगेको थियो । सो स्थानका मतदाताले यो पटक कुनैपनि हालतमा गठबन्धनकै उम्मेदवारलाई जिताउने बताए । यसअगाडि वडामा काँग्रेसले जित निकालेपनि नेतृत्व गुम्दा माछापुच्छ«े गाउँपालिका पछाडि परेको अनुभव सुनाए । ‘हामी गाउँपालिका… पुरा पढौ

युवराज कुँवर दोहोरिएकोमा कास्कीको अन्नपूर्ण गाउँपालिकाबासी खुशी

पोखरा, २० बैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडि कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो । ‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका… पुरा पढौ

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार : समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

पोखरा, २० बैशाख । कास्कीको रुपा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा मंगलबार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा २ स्थित थुम्की पुग्यो । थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली काँग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । थुम्कीका दलित वस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक काँग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि… पुरा पढौ

कालावाङ देखि पुम्दीकोटसम्म तत्काल पिच सडक निर्माणको लागि पहल गर्न स्थानियको माग

पोखरा २०, वैशााख पोखरा २२ को (पुम्दी भुम्दी) कालावाङ देखि पुम्दीकोटसम्म तत्काल पिच सडक निर्माणको लागि पहल गर्न स्थानियले माग गरेका छन्। पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्वको टोली समक्ष स्थानियले उक्त माग गरेका हुन्। यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको सन्दर्भमा चुनावी प्रचार प्रसार अभियान अन्र्तगत घर दैलो कार्यक्रममा निस्केको उक्त टोली समक्ष स्थानियले पर्यटकीय र विकासको पूर्वाधार एवं यातायाता सहज पहुचको लागि कालावाङ देखि पुम्दीकोट सडक पिच तत्काल गर्न आवश्यक पहल गर्न… पुरा पढौ

बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका उम्मेदवारहरुप्रति बैदामवासीको आकर्षण बढेको हो । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदाता आशावादी छन् । एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्य गर्न देशमा गठबन्धन बनेकाले सो गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवारहरुले आग्रह गरेका छन् । उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित… पुरा पढौ

‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ’

पोखरा । माछापुच्छ«े गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना… पुरा पढौ