समाचार

मन्त्री मनाङेद्धारा कर्मचारी माथी हातपात

कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी कुटेका छन् । मन्त्री मनाङेले आफ्नै मन्त्रालयका कर्मचारी प्रकाश ओझालाई कुटेका हुन् । युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा स्वरोजगारको अनुदान सम्बन्धि विषयमा छलफल भएको थियो । छलफलमा मन्त्रीसहित कर्मचारीहरु सहभागि थिए । कार्यक्रममा मन्त्री मनाङेले युवा स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धि कार्यविधिबारे चासो व्यक्त गरेका थिए । उनले कुटेका उक्त कर्मचारी हस्पिटलमा उपचारत छन् । निर्वाचन लागु हुनुभन्दा अगाडी नै काम सक्ने भन्दै मन्त्री मनाङगेले ब्रिफिङ… पुरा पढौ

रूसमा इन्टेलको सबै व्यापार बन्द

कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,ू कम्पनीले भनेको छ। रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीब्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको थियो। रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई असैनिकीकरणु… पुरा पढौ

भारत नियन्त्रित कश्मीरमा २ आतङ्ककारीको मृत्यु

भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ। विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो।रासस पुरा पढौ

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन। आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ । प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधीको अभाव… पुरा पढौ

माझठाना पोखरा सम्पर्क समाजको भित्तेपात्रो लोकार्पण

कास्की । माझठाना पोखरा सम्पर्क समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ । समाजका संरक्षक एवम् ज्येष्ठ नागरिक गङ्गादेवी लामिछानेले पोखरामा आयोजित एक समारोहबीच भित्तेपात्रो लोकार्पण गरेका हुन् । सोहि अवसरमा उनले नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उर्वर भूमि माझठानको टारी, वेगनास ताललगायत सो क्षेत्रमा भए गरेका विकास निर्माण, महत्वपूर्ण प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रलाई प्रकाशित भित्तेपात्रोमा समेटिएको समाजका अध्यक्ष दयाराम तिवारीले जानकारी दिए । प्रकाशित भित्तेपात्रोमा… पुरा पढौ

मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छः अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए । अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको… पुरा पढौ

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित रेश नुन्थला माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकले हरेक दुई महिनामा खाजा बनाउने नियम बनाईएको छ । सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत बागलुङको रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो । विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट… पुरा पढौ

मालढुङ्गा–बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

म्याग्दी । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी… पुरा पढौ

वसन्त ऋतुको सुरुआतसँगै जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको खचाखच

म्याग्दी । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो थालेको हो । दुई वर्षसम्म पर्यटक र तीर्थयात्रीविहीन बनेका यहाँका पर्यटकीय तथा धार्मिकस्थलमा फागुन दोस्रो सातायता दुई वर्षयताकै धेरै पर्यटक आएका पर्यटन व्यवसायीहरुले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने र बागलुङ कालिका तथा… पुरा पढौ

उद्यमशीलता प्रवद्र्धन गर्न नगरपालिका र युएनडिपी विच सम्झौता

स्याङजा । उद्यमशीलता प्रवद्र्धनका लागि स्याङजाको वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि ती दुई निकाय बीच सम्झौता भएको हो । दिगो विकास लक्ष्य हाँसिल गर्न १७ वटा लक्ष्यलाई सन् २०३० सम्ममा संयुक्त राष्ट्र सङ्घले तोकेबमोजिमको उपलब्धि प्राप्त गर्न सो सम्झौता गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । हरित उद्यमशीलताको अभिवृद्धिसँगै सबैलाई समेट्ने क्षमतावान् तथा दिगो विकासको स्थानीयकरण कार्यक्रमले दिगो विकासका लागि महत्वपूर्ण काम गर्ने… पुरा पढौ