समाचार

३ जिल्लाका ५ ठाउँमा एकैपटक पञ्चश्री महायज्ञ गरिँदै, तयारी तिव्र

पोखरा । बैशाख पहिलो साता तिन जिल्लाका ५ स्थानमा पञ्चश्री महायज्ञ हुने भएको छ । श्री मुक्तिनाथ सन्त सेवाश्रम रामघाटको आयोजनामा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको लागि पर्वत, बाग्लुङ र म्याग्दीका ५ स्थानमा एकैपटक आगामी बैशाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ गर्न लागिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । अन्नतश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनााचार्य श्री महाराज ९श्री मुक्तिनाथ बाबा०को नेतृत्वमा पर्वतको जलजलास्थित मृगसरोवरकालञ्जर समाज समृद्धि महायज्ञ, बाग्लुङको रारायिकोट समाज समृद्धि महायज्ञ, मालिका भगवती तथा गौशला समाज… पुरा पढौ

चैत्राष्टमी मेला बागलुङमा आजदेखि सुरु

बागलुङ । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उनले बताए । बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ… पुरा पढौ

म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम… पुरा पढौ

तनहुँमा बालिका बेपत्ता

जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन्। सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मंगलबारदेखि बेपत्ता छिन्। बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए। उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्। ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मंगलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस पुरा पढौ

७१ निर्वाचन अधिकृत हटाइए, सट्टामा आयोगद्धारा नयाँ निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले बुधबार एक सूचनामार्फत विभिन्न कारणले ७१ जनालाई हटाउनुपरेको उल्लेख गरेको छ। उनीहरूलाई बुधबारदेखि नै लागू हुने गरी हटाइएको बताएपनि हटाउनुपर्ने कारण चाहिँ खुलाएको छैन। नवनियुक्त अधिकृतहरूलाई २९ चैतमा अभिमुखीकरण तालीममा सहभागी हुन भनिएको छ। पुरा पढौ

नेपाल बारको मत गणनाः घिमिरे समूहको अग्रता कायमै

नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूहको अग्रता कायमै छ। गए रातिसम्म २५ केन्द्रको ३२०३ मत गणना भएको छ। जसमा अध्यक्षका उम्मेदवार घिमिरेले १९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १००४ मत प्राप्त गरेका छन्। बार एसोसिएसनका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। बुधबारसम्म ६ स्थानमा गणना भइरहेको थियो भने आज (बिहीबार)… पुरा पढौ

पहिलो पाइला नेपालले पोखरामा पोखरा लिडरशिप समिट गर्ने

पोखरा ।समाज सेवामा लागेका युवाहरुको संस्था पहिलो पाइला नेपालले पोखरामा युवा लक्षित नेतृत्व कार्यक्रम पोखरा लिडरशिप समिट गर्नेभएको छ। बुधबार पोखरामा पहिलो पाइला नेपाल पोखरा शाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुको भविष्यलाई लक्षित गर्दै कार्यत्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो । सम्मेलन एक दिनको भएपनि त्यसपश्चात युवाको उदेश्य अनुरुपको कार्यक्रम अघि बढाउने पहिलो पाइलाका केन्द्रिय महासचिव सुरज गिरीले जानकारी दिए । उनले अभियानमा पाँच सय जनाको सहभागिता रहने र देशका विभिन्न क्षेत्रमा आवद्द ६ जना व्यक्तिले आफ्नो भनाइ राख्ने… पुरा पढौ

अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न

म्याग्दी । अनेरास्वियुले आयोजना गरेको अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीतामा म्याग्दीको मालिका गाउँपालिमा बुधबार सम्पन्न भएको छ । मेरो परिकल्पनाको स्थानिय सरकार विषयमा लेखिएको निबन्ध प्रतियोगितामा किसानी माविका सम्झना खत्री प्रथम, जनप्रिय माविका विजय पौडेल दोस्रो र गौ बोमबस्त माध्यमिक विद्यालयकी विपासा सिउथानी तेस्रो भएकी छिन् । विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाए । त्यस्तै निस्कोट मावि र केवि बोडिङ सान्तोना भए । सान्तोनाले नगद एक एक हजार सहित प्रमाण… पुरा पढौ

कांग्रेस फेदीखोला २ मा नियमित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

स्याङ्जा । नेपाली कांग्रेस फेदीखोला गाउँपालिाका वडा नं २ मा विभिन्न पार्टी परित्याग गरि १५ जना बढी पार्टी प्रवेश गरेका छन् । पार्टीको गाउँपालिकास्थित वडा नम्वर २ समितिको आयोजनामा बुधबार स्थानचौरमा सम्पन्न नियमित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५ जना बढी पार्टी प्रवेश गरेको कांग्र्रेस वडा समितिका सभापति लेखबहादुर जिसी (चन्द्र)ले जानकारी दिए । उनले नेकपा एमालेको स्थानिय सरकारको कार्यशैलीका कारण आजित भएका जनता निर्वाचनमार्फत स्थानिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।… पुरा पढौ

प्याराग्लाइडिङ च्याम्पियनसिप आजबाट शुरु

पोखरा । आजदेखि पोखरामा प्याराग्लाइडिङको छाता संस्था (एफएआई) मान्यता प्राप्त ‘२० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ सुरु भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगिताको आज गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले औपचारिक रुपमा उद्धघाटन गरेका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै उनले साहसिक प्याराग्लाईडिङ गण्डकी प्रदेशको पहिचान भएकोले पोखराका पर्यटनहरु एक भएर अगाडी बढ्नुपर्ने बताए । उनले यस खालको प्रतियोगिताले पर्यटकिय पोखरा कोरोना महामारी पछि घुम्नको लागि स्वतन्त्र रहेको भन्दै अन्तराष्ट्रिय स्तरमा सकरात्मक सन्देश प्रवाह हुने बताए ।… पुरा पढौ