समाचार

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका हुन्। निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै उहाँले जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन्। अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चार जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष… पुरा पढौ

एकल पुरुषले मासिक रु. ५०० भत्ता पाउने

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु. ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६ औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा… पुरा पढौ

प्रतितोला रु. ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९८ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.पाँचले घटेर रु. एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ… पुरा पढौ

रु. आठ लाखसहित जुवाको खालबाट १३ पक्राउ

भक्तपुर। चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु. आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए । पुरा पढौ

मुक्तिनाथमा बढ्यो चहलपहल

गण्डकी। कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या बढेको हो । विशेषतः प्रत्येक वर्षको सोह्र श्राद्धका समयका साथै चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । यस समयमा कागबेनीमा श्राद्ध गरी… पुरा पढौ

लमजुङमा थपिए १७ मतदान केन्द्र

लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन्। निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो। सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट १ सय २३ मतदानस्थल र १ सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो। मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरिए पनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको हो। आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा… पुरा पढौ

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा म्याग्दीको स्थानीय जंगलका लालीगुराँस ओइलाएर झर्न लागेको छ। जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो। मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जंगल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए। समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भीड लागेको… पुरा पढौ

‘न्यायिक समितिले गरेका निर्णयको पुनरावेदन गर्नु परेन’

बागलुङ जिल्लाका स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन्। जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा परिपक्वता भेटिएको हो। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको टोलीले शनिबार र आइतबार जिल्लाको दक्षिणका २ स्थानीय तहमा पुगेर न्यायिक समितिको अनुगमन गरेको थियो। जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको न्यायिक समितिको अनुगमनका क्रममा भए गरेका काम सन्तोषजनक भेटिएका हुन्। जिल्ला अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारी, तहसिलदार लगायतको टोली अनुगमनका लागि स्थानीय तहमा पुगेको हो। ‘पहिला निर्वाचित जनप्रतिनिधिले… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आज (बुधबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ।खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ। पुरा पढौ

होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने

पोखरा, चैत २२ होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने भएको छ । यसअघि फेवा नव वर्ष महोत्सव गर्दै आएको होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने भएको हो । रेवान पोखराले हरेक अंग्रेजी नया वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । होटल संघ पोखरालेपनि यस वर्ष नेपाली नया वर्षको अवसरमा यहि चैत ३० गतेदेखि बैशाख १ गतेसम्म… पुरा पढौ