कास्की । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ । पोखरा महानगरपालिका– १८ अँधेरीकुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदासमेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्योहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र…
पुरा पढौ