समाचार

विमानको आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्। लाटम एयरलाइन्स एयरबस ए ३२०-२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ । फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टा भन्दा… पुरा पढौ

पोखरामा भोलि स्टार्टअप एण्ड आइडिया फेष्टिभल हुने

पोखरा, चैत १७ पोखरामा भोलि स्टार्टअप फेष्टिभल हुने भएको छ । नवप्रवेशी युवा उद्यमीहरुलाई लक्षित गरेर आईसिटी फाउण्डेसनको आयोजनामा भोलि शुक्रबार पोखरामा स्टार्टअप एण्ड आईडिया फेष्टिभल २०२२ हुन लागेको हो । फेष्टिभल पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा हुने जनाइएको छ । फेष्टिभल पूर्वाह्न ११ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ । सोहि फेष्टिभलमा डिजिटल गण्डकी सम्वादपनि हुने भएको छ । सो सम्वाद कार्यक्रम भने अपराह्न ३ बजेदेखि ६ बजेसम्म हुने आयोजकको भनाई छ । फेष्टिभलमा प्रवेश निःशुल्क गरिएको आयोजकले… पुरा पढौ

‘सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन :मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए। मन्त्री आलेले नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताए ।… पुरा पढौ

फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम

कास्की । चुनावको मुखमा पोखराका सबै तालहरुको मापदण्ड घटाइएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिरहँदा पोखरा महानगरपालिकाले हतारहतार महानगर भित्रका सबै तालहरुको मापदण्ड घटाएर नया मापदण्ड तोकेको हो । सर्वोच्च अदालतले २०७५ साल बैशाख १६ गते फेवातालको सिमाङ्कन, नक्साङ्न र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानिय तहलाई निर्देशनात्मक आदेश गरेको थियो । विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालीन समितिको प्रतिवेदनलाई आधार मानेर सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरी नक्साङ्कन गर्न र त्यसको… पुरा पढौ

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी

राजविराज । म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस पुरा पढौ

म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयनमा

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको छ । पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिए । छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट… पुरा पढौ

टाइफाइड खोप अभियान घोषणा

काठमाडौ । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा… पुरा पढौ

गठबन्धन चुनावसम्म कायम हुन्छ– प्रचण्ड

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् । अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै उनले… पुरा पढौ

तीन दिन मौसम बदली रहने

काठमाडौ । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सफा रहने अनुमान छ । प्रदेश–१ का पहाडी… पुरा पढौ

मादीसेती नदीमा मोटरबोट परीक्षण सफल

तनहुँ । आठौँ तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ । पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो । मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको जानकारी दिए । डोजर लगाएर उक्त भागमा नदीमा रहेका ढुङ्गाहरु हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो । मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरु हौसिएका छन् । मादी र सेतीमा पहिलो पटक… पुरा पढौ