समाचार

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् । गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताए । उनले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले… पुरा पढौ

‘मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’बाट आले पुरस्कृत

चैत १६, पोखरा ।नेपालपत्रकार महासंघ कास्कीले वर्षेनी प्रदान गरिदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ । उनलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो । कार्यक्रममा ‘महामारीमा पत्रकारिता’विषयमाअन्तरक्रिया समेत गरिएको थियो ।कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको… पुरा पढौ

लम्जुङको डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’

पोखरा, १६ चैत । लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ । स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५०… पुरा पढौ

पोखरा १० मा सोहेल र २८ मा प्रदीप बन्ने अटेरी उम्मेदवार

पोखरा । आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।पोखरा १० र २८ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा भएको हो । पोखरा १० को वडाध्यक्षमा सोहेल खान र २८ बाट प्रदीप अधिकारीको अटेरी उम्मेदवारी घोषणा गरेका छन् ।स्थानीय तह दलरहित बनाउने उद्देश्यसहित पोखराका गनेस पौडेलले पोखरा महामनगरको मेयर पदमा उम्मेदवारी दिएका थिए ।… पुरा पढौ

डिपिएल नेपालको अध्यक्षमा सन्दीप न्यौपाने

पोखरा । डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट संदिप न्यौपानेको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा प्रदिप शर्मा बराल, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, महासचिवमा प्रविन पाठक र कोषाध्यक्षमा रुदिना भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा शिव पराजुली, सरोज गुरागाँई, आशिष न्यौपाने चयन भएका छन् । समितिका अन्य सदस्यहरु पछि मनोनित गरिने डिपिएलले जनाएको छ । त्यसैगरि अधिवेशनले कानुनी सल्लाहकारमा राजिब खनाललाई चयन गरेको छ । यसअघि… पुरा पढौ

आयुर्वेदिक औषधालय सञ्चालनमा

तनहुँ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो । विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । सङ्घीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । कूल एक करोड ५८ लाख ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो । त्यसैगरी, गाउँपालिका मातहतका वडा… पुरा पढौ

लमजुङमा महिला मतदाता बढी

लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् । मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा… पुरा पढौ

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हो:अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२÷३३÷११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए । ओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उनले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ… पुरा पढौ

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु: मन्त्री खतिवडा

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल… पुरा पढौ

दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

कास्की । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसके पछि हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य हुने भएकोले सर्वसाधारण र यात्रुलाई सास्ती भएको हो । पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको… पुरा पढौ