समाचार

प्रदेशमा महिला निर्वाचन अधिकृत न्यून

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् । आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको… पुरा पढौ

रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी… पुरा पढौ

मुस्ताङमा पर्यटकको चाप बढ्यो

मुस्ताङ । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन… पुरा पढौ

गुडिरहेको ट्रकमा आगलागी

चितवन । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो । ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।रासस पुरा पढौ

दुई सवारीसाधनमा आगजनी

म्याग्दी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिएका हुन्। उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने… पुरा पढौ

गोरखा काँग्रेसमा ८ जना जिल्ला सदस्य मनोनित

नेपाली काँग्रेस गोरखाले ८ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ। गोरखा काँग्रेसले १३ जना मध्ये ८ जनालाई बुधबार मनोनित गरेको हो। निर्बतमान जिल्ला सभापति हरीबहादुर घले, महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, चन्द्रप्रसाद पोखरेल, ईश्वर अधिकारी, विश्वदेव श्रेष्ठ, रीता देवकोटा, ललिता अधिकारी र सुकबहादुर बिक गोरखा काँग्रेसमा मनोनित भएका हुन्। अन्य ५ जना भने केही समयपछि मनोनित गर्ने गोरखा काँग्रेसले जनाएको छ। गोरखा काँग्रेसका अनुसार केही समय अगाडी निर्वाचनबाट जिल्ला सदस्यमा आउन नसकेका विज्ञ, विशिष्ठ र क्षेत्रलाई समेटेर… पुरा पढौ

गल्याङ नगरपालिकाले मासुमा अनुदान दिदैँ

स्याङ्जाको गल्याङ नगरपालिकाले मासुनमा अनुदान दिने भएको छ। नगरपालिकाका प्रमुख भुपराज अधिकारीले मासुमा अनुदान दिने बताएका हुन्। गल्याङमा बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा किसानले मासु वा मासुजन्य वस्तुको विक्रि गरेको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको बताए। कृषकले मासुजन्य वस्तुको उत्पादन गरेका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताएका हुन्। मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको नगरप्रमुख अधिकारीको भनाइ थियो। नगरप्रमुख अधिकारीले भने, ‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि… पुरा पढौ

कास्कीको जनप्रिय र वराह मावि ‘पढ्दै, कमाउँदै’ मा छनोट

कास्कीको २ विद्यालय ‘पदढदै कमाउँदै’ कार्यक्रमको छनोटमा परेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि कास्कीको पोखरा महानगरस्थित जनप्रिय मावि र माछापुच्छ«े गाउँपालिकाको बराह माविलाई छनोट गरेको हो। जनप्रिय मावि सिभिल इञ्जीनियररिङ र बराह मावि कृषि अन्तर्गत कुखुरापालनका लागि छनोट भएको हो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट गरेको छ । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले… पुरा पढौ

नेपालका लागि अमेरिकी राजदूतमा थम्सन प्रस्तावित

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ। लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन्। उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था छ। परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक… पुरा पढौ

सागका दोहोरो स्वर्णधारी सुवास पोखरामा शुरु भएको वेस्टर्न ओपन गल्फको शीर्ष स्थानमा

१३ औ दक्षिण ‌एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुबाष तामाङ सुर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न ओपनको पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन्।‌ पोखराको हिमालयन गोल्फ कोर्समा दुई अन्डर ६८ को स्कोरमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल भएका हुन्। उनले तेसो, पाँचौ र छैठौं होलमा बर्डीको सफलता प्राप्त गरे। तर चार पारको नवौ होलको डबल बेगीले फ्रन्ट नाइन एक अन्डर ३२ मा सकाए। लगतै दशौ होलमा पनि एक सट खेर… पुरा पढौ