समाचार

जिल्लामा आर्थिक अनियमितताका उजुरी बढे

दाङ । दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ वटा र चालु आवमा १२२ उजुरी परेका हुन् । आर्थिक अनियमिततासम्बन्धी उजुरी बढ्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए । गत वर्ष २५ उजुरी तथा चालु आवमा ७१ उजुरी फछ्र्योट गरिएको उनले बताए। दाङका १० स्थानीय तहमा दुई आवमा ८७ उजुरी परेका थिए । गत आवमा ४१ तथा… पुरा पढौ

मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ मेरो उम्मेदवारी हुन्छुः नेत्री कोइराला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको भन्दै उनले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा… पुरा पढौ

ऊनको अभावमा चर्खा चल्न छोड्यो

म्याग्दी । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका हुन् । भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा… पुरा पढौ

चिल्ली खोलामा मोटरेवल पुल बन्यो

लमजुङ । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा वडा कार्यालय भवन निर्माण

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले भवन निर्माण गरिएको हो । भवन निर्माणमा जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार लगानी रहेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि गाउँपालिकाका आठवटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिँदै आएको छ । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका… पुरा पढौ

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना

कास्की । सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने कास्की स्थित एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् । पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको रु तीन लाखसहित रु साढे पाँच लाखको लागतमा नाला र सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय बासिन्दाले बताए । पूर्वाधार… पुरा पढौ

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । तराई भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा वडा कार्यालय भवन निर्माण

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु‍‍. ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले भवन निर्माण गरिएको हो । भवन निर्माणमा जिल्ला समन्वय समितिको रु. ५९ लाख ९४ हजार तथा गाउँपालिकाको रु. ३९ लाख ९६ हजार लगानी रहेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि गाउँपालिकाका आठवटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिँदै आएको छ । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका… पुरा पढौ

स्याङजा प्रशासनले जिल्लाभित्रको हातहतियार खोज्यो

स्याङ्जा जिल्ला प्रशासन कार्यालयले चैत्र मसान्तसम्म हातहतियार बुझाउन आग्रह गरेको छ। यही बैसाखको ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तीपूर्ण रुपमा सम्पन्न गर्न आँफूसँग भएका हातहतियार सम्बन्धी प्रहरी कार्यालयमा बुझाउन आग्र गरेको हो। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले जिल्लाभित्र रहेका ईजाजतप्राप्त हातहतियारहरु चैत्र मसान्ससम्म नजिकैको कार्यालयमा बुझाउन आग्रह गरिएको छ। चैत मसान्तसम्म आ–आफ्नो नजिकको प्रहरी… पुरा पढौ

राष्ट्रिय उद्योग व्यवसायी संघ व्यास नगरको अध्यक्षमा श्रेष्ठ

राष्ट्रिय उद्योग वाणिज्य संघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन भएका छन् । संघको मंगलबार अधिवेशनबाट उपाध्यक्ष विनोद विक, उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव भिम गुरुङ, कोषाध्यक्ष हर्कमान श्रेष्ठ छन्। यसैगरी, सह कोषाध्यक्ष कर्ण श्रेष्ठ, सह सचिव सुदीप पौडेल, राजेन्द्र घर्ती, सीता पाण्डेसहित २५ सदस्यीय कमिटी गठन भएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ तनहुँका उपाध्यक्ष कविराज श्रेष्ठले बताएका छन्। पुरा पढौ