समाचार

साफ यु–१८ महिला च्याम्पियनसीपः नेपालको लगातार दोस्रो हार

साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित बनेको छ। भारतको जमसेदपुरमा (बिहीवार) भएको खेलमा नेपाल बंगलादेश ४–२ गोल अन्तरले पराजित बनेको हो। पहिलो हाफमै ४–१ ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन। दोस्रो हाफमा नेपालले १ गोल थप्दै बंगलादेशलाई ४–२ को अवस्थामा खेल सुम्प्यो। ब्ंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले १/१ गोल गरे। नेपालका लागि दीपा शाही र अमिशा कार्कीले १/१ गोल गरे। लगातार दोस्रो हारसँगै नेपालको उपाधि… पुरा पढौ

प्राथमिकतामा सुलभ र सहज स्वास्थ्य सेवा: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन्। बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पु¥याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पु¥याइने मुख्यमन्त्रीको भनाई थियो। मुख्यमन्त्री पोखरेलले सीमित स्रोत र साधनबीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै… पुरा पढौ

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक… पुरा पढौ

स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने

काठमाण्डौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फछ्र्योट भएको हुनुपर्ने बताए । “आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फछ्र्योट भएको हुनुपर्छ”, उनले भने, “असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरुजु छ भने… पुरा पढौ

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने १९७ कारबाही

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले होली पर्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने १९७ जनालाई कारवाही गरेको छ । कास्कीका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा उनीहरुलाई कारवाही गरिएको कार्यालयका सुुचना अधिकारी प्रहरी साहायक निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३२ जना छन् । आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी… पुरा पढौ

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०÷१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पु¥याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने… पुरा पढौ

टिनका छाप्रोमा कक्षा १

दाङ । वरिपरी टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रोभित्र शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् । छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ । शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन् । विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन् । यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय । दाङको तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासमा पर्ने त्यो विद्यालयका ३ वटा कक्षाका विद्यार्थीले टिनको छाप्रोमा पढिरहेका… पुरा पढौ

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ । यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ… पुरा पढौ

सात महिनामा १८० मिडिया आउटलेट बन्द,पत्रकारहरू बेरोजगार

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गत सात महिनामा ४७५ मध्ये १८० मिडिया आउटलेटहरू बन्द गरिएका छन् । मङ्गलबार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ जसको परिणाम स्वरूप युद्धग्रस्त देशमा २९० मिडिया आउटलेटहरू मात्र सक्रिय सञ्चालनमा छन्। लगभग ६० प्रतिशत पत्रकारहरू बेरोजगार छन्। अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापक रूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेशेवर मिडियाकर्मीहरूको पलायन भएको बताएका… पुरा पढौ

पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने

चितवन । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र ९एस्क्पो सेन्टर०मा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु… पुरा पढौ