समाचार

निर्माण सम्पन्न नहुदै पुल अलपत्र

मनाङ । हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो । म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष… पुरा पढौ

आज इस्लाम धर्मावलम्बीको सब्बेबरात पर्व

काठमाडौ । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत)बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताए । मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको… पुरा पढौ

आगलागी हुँदा ६० लाखको क्षति

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल ९७० बोरा० कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम… पुरा पढौ

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो ।… पुरा पढौ

जिल्लामा कोरोना संक्रमण शून्य

बैतडी । जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए ।उनले भने, “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई… पुरा पढौ

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ। आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ। ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल… पुरा पढौ

तनहुँको बन्दीपुरमा भीरबाट लडेर कृजन गुरुङको मृत्यु

तनहुँमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका वडा नं. ४ का १७ वर्षीय कृजन गुरुङको भीरबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार उनी बुधबार साँझ टुँडिखेल नजिकैको भीरबाट लडेर गंभीर घाइते भएका थिए। लडेर घाइते भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरि बन्दीपुर अस्पताल लगेको थियो। उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।बालक गुरुङ बन्दीपुरस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। साँझ फुटबल खेलेर फर्किनेक्रममा पिसाब फेर्न जाने क्रममा टुँडिखेलमा लगाइएको पर्खाल… पुरा पढौ

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ। कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो। महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए। कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ। तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए। ‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ’, उनले भने। त्यसमध्ये २ थुनुवा र ९ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए। तनहुँ अदालतबाट पनि… पुरा पढौ

फागु पूर्णिमाः तराईमा आज होली

आज पनि फागु पूर्णिमा। तराईमा आज धुमधामसँग फागु पूर्णिमा अर्थात होली मनाइँदैछ। सद्भाव, सौन्दर्य र रसरंगको रंगीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ। भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट होलीको रुपमा मनाइँदैछ। प्रदेश सरकारले पनि आज (शुक्रबार) तराईमा विदा दिएको छ। मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड समेत हो। सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रंगमा रंगाउने होली… पुरा पढौ

एक दिवसीय क्रिकेट श्रृंखलाः आज नेपाल–युएई खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृंखलामा नेपालले आज युएईसँग खेल्दैछ। दुबईको इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ। घरेलु टोली युएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ। पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी पपुवा न्युगिनी (पीएनजी) माथि संघर्षपूर्ण जित निकालेको नेपाललाई युएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ। पपुवा न्युगिनी (पीएनजी) ले दिएको २०५ रनको लक्ष्य पछ्याउँदा नेपालको… पुरा पढौ