समाचार

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक… पुरा पढौ

लाइभ टीभी कार्यक्रममा युद्धविरुद्ध कडा रूपमा प्रस्तुत भएकी रुसी पत्रकार बेपत्ता

प्रत्यक्ष टेलिभिजन समाचार कार्यक्रममा युक्रेनमा भइरहेको युद्धविरुद्ध कडा रूपमा प्रस्तुत भएका एकजना रुसी महिला पत्रकार रातारात बेपत्ता भएकी छन्। सरकार नियन्त्रित च्यानल १ टेलिभिजनका सम्पादक मरिना ओभ्स्यान्निकोभा युद्धविरुद्धको प्रतीक बोकेर सोमबार सेटमा देखापरेकी थिइन्।उनलाई सो कार्यक्रम लगत्तै हिरासतमा लिइएको थियो। ’युद्ध हैन, युद्ध रोकौँ, प्रोपोगान्डालाई विश्वास नगरौँ, उनीहरूले तपाईसँग यहाँ झुठो बोल्दैछन्’ लेखिएको उनले बोकेको साइनबोर्ड टेलिभिजनमा केही सेकेन्डसम्म देखिएको थियो। अहिले उनलाई कहाँ राखिएको छ भन्ने कसैलाई थाहा दिइएको छैन। ओभ्स्यान्निकोभाका वकिलहरूले आफूहरूले उनको खोजी गरिरहेको तर अझै भेटाउन… पुरा पढौ

फर्किए एरिक्सन डेनमार्कको टिममा

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन राष्ट्रिय टिममा फर्किएका छन्। डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन्। डेनमार्कले मार्च २६ मा नेदरल्यान्ड्स र २९ मार्चमा सर्बियासँग खेल्ने तालिका छ। गत युरोकप फुटबलपछि उनी पहिलो पटक डेनमार्कको टोलीमा परेका हुन्। युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो। जसको कारण उनको ज्यान बचेको थियो। त्यसपछि, उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल… पुरा पढौ

युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को हार व्यहोर्दै युनाइटेड बाहिरिएको हो। स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेका थिए। तर, घरेलु लेगमा युनाइटेड पराजित बन्यो। ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।… पुरा पढौ

एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन्। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७ औँ एसिया/ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुति गरेका हुन्। मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए। उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त… पुरा पढौ

नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ। युएईको सारजाहमा नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहने छ। नेपालले यस अघि पपुवा न्युगिनीविरुद्ध २ एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ। नेपालले… पुरा पढौ

साफ यु–१८ महिला च्याम्पियनसीपः नेपालको फराकिलो हार

साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ। जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल खान पुग्यो। खेलको १४ औं मिनेटमा सुजेश पोट्टेकाटले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्। खेलको ३५ औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा भारतलाई ३–० को अग्रता… पुरा पढौ

रेवानले होली महोत्सव गर्ने

पोखरा । होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ । आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई निरन्तरता दिदै यसपटकपनि होली महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । आउँदो बिहीबार अम्मट घाटबाट शुरु हुने महोत्सवमा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघसंस्था, प्रशासनिक निकायका प्रतिधिनी, स्थानिय आमा, युवा समुह लगायतको सहभागिता रहने बताइएको छ । महोत्सव सफल पार्न रेवान पोखराका सदस्य विष्णु बानियाँको संयोजकत्वमा समिति… पुरा पढौ

मिलिजुलिको रक्तदानमा ७२ यूनिट संकलन

पोखरा । पोखराको चिप्लेढुगामा रहेको मिलिजली सहकारीको १५ औं बार्षिकोत्सव को अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ । कार्यक्रमको उद्घाटन सहकारी रजिष्टार कार्यालयका रजिष्टार उदय बहादर पराजुलीले पहिलो रक्तदाता अप्सरा पराजुली लाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । सहकारीले आफ्ना सदस्य तथा उपभोक्ता लाई सामाजिक कार्यमा संग्लग्न गराई यस्ता सामाजिक कार्यहरु गर्नमा अग्रसर गराएमा सामाजिक उत्तरदायित्व बहन हुने पराजुलीले बताइन् । संस्थाका अध्यक्ष ज्ञानहरी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु कमलनाथ कुँवर… पुरा पढौ

लेखनाथ महोत्सवमा पशुपती र प्रीतीलाई दर्शकको ‘हुटिङ’

पोखरा । १७ औं लेखनाथ महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र प्रिती आलेको गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । कार्यक्रममा गायक शर्मा र लोकदोहोरी गायीका प्रिती आलेका विच केही समय दोहोरी व्याटल समेत भएको थियो । भने दुबैले आफ्नाचर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवमा गायीका सरस्वती लामिछाने र बालचन्द्र बरालको गीतमा दर्शक कम्मर मर्काई–मर्काई नाचेका थिए । महोत्सवमा डायमण्ड मा.वि र… पुरा पढौ