समाचार

‘गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र बनाऔं’

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१७ सीतापाइलास्थित ‘पोखरा वृद्धाश्रम’को रजत जयन्ती विशेष कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले अबदेखि वृद्धाश्रमलाई ज्येष्ठ नागरिक केन्द्रका रुपमा परिणत गरेर त्यसलाई गाउँगाउँ र टोलटोलमा बनाउनुपर्ने बताएका हुन् । ‘ज्येष्ठ नागरिक केन्द्र र ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र गाउँगाउँ र टोलटोलमा बनाउनुपर्छ’–उनले भने । ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पती भएकाले उनीहरुको रेखदेख, हेरचाह र संरक्षण राज्यले गर्नुपर्ने उनले… पुरा पढौ

वरिष्ठ नेता पौडेलद्वारा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरे । शोक वक्तव्य जारी गर्दै उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । शुक्लागण्डकी नगरपालिका–८ निवासी कांग्रेसका पूर्वजिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी रुद्रबहादुर सेन, कांग्रेसका क्रियाशील सदस्य लक्ष्मी खाँण र ओमप्रकाश गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै नेता पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । यसैगरी कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले पनि उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि… पुरा पढौ

जारको खानेपानीको मूल्य दोब्बर बढाएपछि डिलर व्यवसायी आन्दोलित

पोखरा, चैत १ जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै पानी (वाटर) व्यवसायी डिलरहरु आन्दोलित भएका छन् । नेपाल वाटर व्यवसायी संघले जारको खानेपानीको मूल्य बढाएपछि पोखराका पानी व्यवसायी डिलरहरु आन्दोलित भएका हुन् । नेपाल वाटर व्यवसायी संघले जारको खानेपानी प्रति जार १५ रुपैयाँ वृद्धि गरेको थियो । यसअघी कम्पनीबाट पानी खरिद गर्दा प्रति जार २० रुपैयाँ पर्ने खानेपानीको मूल्य बढाएर संघले ३५ रुपैयाँ कायम गरेको छ । साथै संघले एक कम्पनीको पानी बोक्ने गाडीले अर्को कम्पनीको पानी बोक्न नपाउने नियम… पुरा पढौ

पोखरा वृद्धाश्रमको रजत जयन्ती विशेष कार्यक्रम शुरु

पोखरा, चैत १ पोखरा वृद्धाश्रम रजत जयन्ती मनाउन शुरु गरेको छ । पोखरा वृद्धाश्रम स्थापना भएको पच्चीसौं वर्ष प्रवेश गरेको अवसरमा वृद्धाश्रमले रजत जयन्ती मनाउन शुरु गरेको हो । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मंगलबार २५ वटा विरुवामा जलसेचन गरेर शुभारम्भ गरे । रजत जयन्तीको शुभारम्भ समारोहको अवसरमा वृद्धाश्रमले स्थापना कालदेखि हालसम्म सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा वृद्धाश्रमका पूर्व अध्यक्ष टीकाबहादुर भण्डारीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरियो… पुरा पढौ

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडौ । काठमाडौको टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गरि सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको हो। यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गरे ।रासस पुरा पढौ

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो । देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न… पुरा पढौ

बदर मत न्यूनीकरणलाई गर्न मतदाता शिक्षा अभियान

पाल्पा । आगामी निर्वाचनमा दलित महिला तथा सीमान्तकृत समुदायको बदर मत न्यूनीकरण गर्न मतदाता शिक्षा अभियान सञ्चालनमा हुने भएको छ । सो समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गरिने भएको हो । दलित महिला सङ्घ, पाल्पा युएसएआइडी र आइइएसको सहयोगमा पाल्पामा दलित महिला तथा सीमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियानअन्तर्गत ‘मेरो मत मेरो अधिकार, बन्छ सुनौलो भविष्यको आधार, आफू सिकौँ र अरु थप पाँच जनालाई पनि सिकाऔँ’ भन्ने नाराका साथ… पुरा पढौ

२३६ किसानलाई नगरपालिकाद्धारा अनुदान

बागलुङ । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध… पुरा पढौ

योग्य व्यक्तिलाई छानेर मात्रै पार्टीले टिकट दिनुपर्छ: नेता सिंह

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए । पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए । “कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले… पुरा पढौ

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छः रुसी वार्ता टोली प्रमुख

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन् ।रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उनले सो जानकारी दिएका हुन् । उनले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्– हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ । युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले… पुरा पढौ