समाचार

गोरखामा चैतको ४ गते लिगलिगे साइकल दौड

आगामी चैतको ४ गते लिगलिगे साइकल दौड हुने भएको छ। प्रसिद्ध ऐतिहासिकस्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘दोस्रो लिगलिगे साईकल दौड’ हुन लागेको हो । लिगलिगकोटमा सुरु हुने साइकल दौडको व्यस्थापकीय पक्षका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। ५२ दशमलव ९ किलोमिटर लामो खुल्ला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, हजार, १५, हजार, १०, ५ हजार, २ हजार ५ सय, २ हजार, १ हजार, ५ सय (३ जना)ले पुरस्कार… पुरा पढौ

मस्र्याङ्दी करिडोर प्रशारण लाइनले जग्गाका लागि मुआब्जा तोक्यो

मस्र्याङ्दी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाले गोरखा तर्फ अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको छ। लाइन बिस्तारका लागि हाइटेन्सन टावर राखिने जग्गाको आइतवार मुआब्जा निर्धारण गरेको हो। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समिति बैठकले प्रति रोपनी न्यूनतम ९ देखि अधिकतम ४० लाख रकमसम्म मुआब्जा निर्धारण गरेको हो। बैठकले मालपोतको दररेट, चलनचल्ती, बैंक तथा वित्तिय संस्थाको लगानी, सडक सञ्जाल लगायतका मापदण्डलाई आधार मानिएको मुआब्जा निर्धारण गरेको छ। टावर राख्नका लागि गोरखातर्फ २९ रोपनी जग्गा… पुरा पढौ

तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका

तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका पौडेल चयन भएका छन्। दमौलीमा सोमबार सम्पन्न भेलाबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा राजेन्द्रध्वज अधिकारी, सचिवमा रमेशप्रसाद आचार्य, सह–सचिवमा युवराज ढकाल, कोषाध्यक्षमा सन्तोष पौडेल तथा सह–कोषाध्यक्षमा मधु पन्त छन्। त्यस्तै, सदस्यहरुमा ईश्वर खनाल, अशोक तिमिल्सिना, भगवती जिसी, पन्नाराजु अधिकारी, रमेश तिमिल्सिना, भानुभक्त सोती, लक्ष्मण पाण्डे र मनु नेपाली छन्। जिल्लाभर छरिएर रहेका दुग्ध व्यवसायी एकीकृत गर्ने उद्देश्यले संस्था गठन गरेको नवनिर्वाचित सचिव रमेशप्रसाद आचार्यले बताएका छन्। पुरा पढौ

अन्नपूर्ण केवलकार आजदेखि पुनः संचालनमा

पोखरामा हालै सुरु भएको अन्नपूर्ण केवलकार आज (मंगलबार) बाट संचालनमा आएको छ। अन्नपूर्ण केबलकारका महाप्रवन्धक दीनेश पौडेलले बिहान ५ बजेदेखि केबलकार सेवा संचालनमा आएको बताएका छन्। पर्यटकलाई बिहानको सूर्येदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गराउने उद्देश्यले बिहानदेखि बेलुका ६ बजेसम्म केबलकार संचालनमा आउने पौडेलले जानकारी दिए। फागुन ६ गतेबाट नै संचालनमा आएको अन्नपूर्ण केबल कार मर्मत, संभार गर्न केही दिन बन्द गरीएको थियो। पुरा पढौ

वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिइन् । ‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि… पुरा पढौ

झापा गोल्डको उपाधी आर्मीले उचाल्यो

काठमाण्डौं । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो… पुरा पढौ

साउदी राजकुमार राजधानीमा, भोलि द्विपक्षीय वार्ता

काठमाण्डौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ आइपुगेका हुन् । निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार… पुरा पढौ

साउदीका विदेशमन्त्री फहरान आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ। पुरा पढौ

कोरियन भाषा परीक्षा (इपीएस टपिक)को आवेदन १४ चैतदेखि खुल्दै

कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्दैछ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जनाएको हो। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। कोरियामा गई काम गर्न ईच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ। त्यस्तै, उत्पादनमूलक क्षेत्रको पहिलो… पुरा पढौ

२ वर्षपछि खुल्यो मलेसियाको लागि श्रम स्वीकृति

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य राष्ट्र रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेसँगै मलेसिया जाने बाटो खुला भएको हो।  मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल(मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका… पुरा पढौ