समाचार

स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिका उत्कृष्ट

स्याङ्जा जिल्लाको पुतलीबजार र वालिङ देशकै उत्कृष्ट नगरपालिकामा परेका छन्। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा स्याङ्जाका ति नगरपालिकाहरु उत्कृष्टमा परेका हुन्। नेपाल नगरपालिका संघ २९ औं साधारणसभाको अवसरमा स्याङजाका वालिङ र पुतलीबजार नगरपालिकाले विकास निर्माणमा उत्कृष्ट काम गरेकाले पुरस्कृत समेत भएका छन्। पुरस्कृत हुनेमा पतुलीबजारकी सीमा क्षेत्री र बालिङका दिलिप खाँणले हुन् । उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरे। पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षत्री र वालिङका मेयर दिलिपप्रताप खाँणलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरे।उत्कृष्ट… पुरा पढौ

पोखरामा आज बुस्टर डोज खोप वितरण

पोखरामा आज (सोमबार) कोरोनाविरुद्धको बुस्टरडोज खोप दिइदैछ। पोखरा महानगरपालिका वडा नं. ७, रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ। दुवै डोज खोप लगाएको ६ महिना पूरा गरेका व्यक्तिले खोप कार्ड लिएर बुष्टरडोज लगाउन आउन आग्रह गरिएको छ। पुरा पढौ

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनःबस्नेत

पोखरा । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न नवाँै महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन् । आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे छानिएका छन् । यस्तै प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट… पुरा पढौ

तनहुँ दुर्घटनाका मृतकको पहिचान खुल्यो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ का ७३ वर्षीय रुद्रबहादुर सेन, ४५ वर्षीया लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नंको टाटा सुमो एकापसमा ठक्कर खाएको थियो । घाइतेलाई थप उपचारका… पुरा पढौ

रिटर्नी फेडेरेसन नेपाल पोखरा महानगरमा लामीछाने

पोखरा । नेकपा एमाले निकट भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल पोखरा महानगर कमिटीको अध्यक्षमा सुरेश लामीछाने निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य शिव गिरीले जानकारी दिए । कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद बास्तोला, सचिब पुस्पराज पौडेल, सह–सचिवमा शान्ती जिरेल, कोषाध्यक्षमा बिष्णु प्रसाद सुवेदी निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा ऋषिराम भट्टराई, बलराम सापकोटा, दिनानाथ ढुङाना, माधब भण्डारी, गोबिन्द प्रसाद बराल, मुक्तीराम त्रिपाठी, अमृत पौडेल रदुर्गानाथ न्योपाने छन् । कमिटीका बाँकी सदस्य… पुरा पढौ

रिजनल हस्पिटलद्वारा भिमादमा निशुल्क स्वास्थ्य शिविर

पोखरा । भिमादमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिजनल हस्पिटल प्रा ली पोखरा र तनहुं सेवा हस्पिटल दुलेगौडाको प्राबिधिक सहयोगमा निशुल्क शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविर मा ५६३ जना ले निशुल्क विशेषज्ञ सेवा सहित १६३ जना ले निशुल्क भिडियो एक्स रे सेवा, १७७ जना ले निशुल्क ल्याब सेवा , २३६ जना ले निशुल्क इसिजी सेवा, ६५ जना ले निशुल्क एक्स रे सेवा,२१ जनाले निशुल्क पल्मोनरी फन्कसन टेस्ट सेवा सहित निशुल्क औषधी बितरण गरिएको रिजनल हस्पिटलका… पुरा पढौ

मन्त्री थापाको तलब, भत्ताबाट निशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । मन्त्री भएपश्चात पनि… पुरा पढौ

पोखराका मेयर जिसीको कार्यकाल : थोरै काम, धेरै बदनाम !

पोखरा, फागुन २८ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उम्मेद्वार बन्दै गर्दा घोषणा गरेका थिए,‘पोखराका सडकबाट तीन महिनामा पार्किङ हटाउँछु ।’ सडकमा रहेको पार्किङ हटाएर ब्यबस्थित पार्किङ बनाउने उनको प्रतिबद्धता थियो । वैकल्पिक पार्किङ बनाएर व्यवस्थित बनाउने मात्र होईन, बहुतले पार्किङ बनाएर सडकबाट पार्किङ हटाउने र यसलाई व्यवसायीकरण गर्ने भन्ने उनको घोषणा थियो । अव्यवस्थित र भद्रगोल पार्किङबाट आजित भएका पोखरेली जनताले जिसीको कुरा पत्याए । नभन्दै उनलाई भारी मत दिएर जिताएपनि । तर जिसी मेयर बनेको ५ वर्ष पुग्न २… पुरा पढौ

मुक्तक मञ्चको अध्यक्षमा रामजी दोहोरिए

मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा रामजीप्रसाद आचार्य दोहोरिएका छन् । पहिलो कार्यकाल सफल रुपमा विताएका उनी दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षका लागि चयन भएका हुन् । मुक्तक मञ्चको आठौं अधिवेशन तथा १४ औं साधारणसभाबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह–सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका… पुरा पढौ

घिरिङको च्याचुल गाउँका घरघरमा खानेपानी

जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित दुर्गमबस्ती च्याचुल गाउँमा सबैलाई । खानेपानीको सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहबाट करिब एक हजार बढी उचाइ तथा गाउँकै सबैभन्दा अग्लो स्थानमा रहेको उक्त गाउँको घरघरमै खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको अलैँची खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर विकले बताए । तीन वर्षको प्रयासपछि एक घर एक धारा अभियानअन्तर्गत त्यसक्षेत्रका ४७ घरधुरीमा खानेपानी वितरण गरिएको उनले जानकारी दिए। बस्तीभन्दा तल रहेको खोल्सीको पानी करिब ७०० मिटर उचाइमा लिफ्टिङ गरेर निर्माण गरिएको ट्याङ्कीमा पानी सङ्कलन पश्चात… पुरा पढौ