समाचार

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका… पुरा पढौ

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

काभ्रेपलाञ्चोक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा यस्तो बताएका हुन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग… पुरा पढौ

प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न साँझ ७ बजेदेखि मतदान हुदै

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ… पुरा पढौ

गाउँपालिकाद्धारा किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

धादिङ । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर ९मिनी पावर टिलर ०वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले यहाँका १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको जनाएको छ । गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९… पुरा पढौ

प्रधानन्यायाधीश जबराले बोलाएको बैठक स्थगित

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहनुभएको हुनाले बैठक स्थगित भएको हो । उनी आयोगमा सदस्य छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष उपत्यका बाहिर रहनुभएको र बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गर्नुपरेको उल्लेख छ । उक्त… पुरा पढौ

राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने माओवादीको तयारी

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले अव हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन मार्फत नयाँ क्रान्तिकारी विचार र पाटी निर्माण गर्ने तयारी गरेको छ । सोही सम्मेलनको लागी सम्पूर्ण तयारी पूरा भएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक,वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिएका हुन् । चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ… पुरा पढौ

पुर्वी नवलपरासीमा चार हजारले भरे मतदाता नामावली

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९ सय ३ ले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम… पुरा पढौ

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन गर्न शिक्षामन्त्रत्रीको निर्देशन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले… पुरा पढौ

ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च

बागलुङ । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल स्किको प्रशस्त सम्भावना देखिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक सङ्घले संयुक्त रुपमा पर्वत आरोहण र हिमालय पथ पदर्शक विज्ञको समूहले हालै गरेको एक अध्ययनमा ढोरपाटनको उपत्यका नजिकै स्कि खेलको सम्भावना रहेको जनाएको हो । पछिल्लो केही समययता नेपाल साहसिक स्कि पर्यटनको गतिलो गन्तव्य बन्दै गइरहेको सन्दर्भमा नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रअन्तर्गत ढोरपाटन उपत्यका आसपासमा व्यावसायिक रुपमा नै स्कि खेल… पुरा पढौ

दुई लेन सुरूङमार्गको अध्ययन सुरु

म्याग्दी । पटकपटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको धार नै परिवर्तन भएपछि कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले करिब ३०० मिटर सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु गरेको हो । अन्नपूर्ण–१ दोबाको सुनारी गाउँ हुदै बग्ने ठाडो खोलाको बेगको असरले हरेक वर्ष तीव्ररुपमा भइरहेको कटानका कारण थप चट्टान काट्न असम्भव जस्तै भएपछि सुरूङमार्गको आवश्यकता देखिएको आयोजनाका प्रमुख जगत… पुरा पढौ