समाचार

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए । “जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उनले भने, “राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो… पुरा पढौ

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ ।… पुरा पढौ

कांग्रेस प्रदेश नं २ को अधिवेशन : पाँच जना निर्विरोध निर्वाचित

धनुसा । प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए। महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएकी हुन् । उक्त… पुरा पढौ

नेपालमा ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि हुनेको संख्या ३ पुग्यो

काठमाण्डौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या ३ पुगेको छ । बुधबार एक ५८ वर्षिय वृद्धमा जिन सिक्वेन्सिङ गर्दा संक्रमण पुष्टि भएसंगै हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमण हुनेको संख्या ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार संक्रमित वृद्ध अहिले होम आइसोलेसनमा रहेको र उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ । यसअघि ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा… पुरा पढौ

थकाली युवाहरुको भेला पोखरामा शुरु

पोखरा, पुस ७ थकाली युवाहरुको राष्ट्रिय भेला पोखरामा शुरु भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा बुधबारदेखि पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला शुरु भएको हो । भेलाको लुम्बिनी प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गरे । भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले सामाजिक उत्तरदायित्व वहन गर्न थकाली युवाहरुलाई आग्रह गरे । जुनसुकै समुदायको पहिचानपनि राष्ट्रियताकै कारण हुने भन्दै उनले भने,‘राष्ट्रियता बिना कुनैपनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपालीपनि कहाँ… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारले साथ दिने

पोखरा । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सफल पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरु संगको छलफलमा मुख्यमन्त्री नेपाली उक्त कुरा बताएका हुन् । “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हव बनाउने कुरामा दृढ छ, यसै क्रममा पोखरा म्याराथन पनि रहेकोले यसलाई सफल बनाउने अभियानमा हाम्रो साथ संधै रहने छ,” उनले भने । खेलकुद विकासका लागि नै प्रदेश सरकारले खेलकुद मन्त्रालय… पुरा पढौ

आरोप र प्रत्यारोपले संघीयता बिरोधीलाई बल पुग्छः मन्त्री बराल

पोखरा ७, पुषगण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघीयता विरोधीलाई बल पुग्ने बताएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।संघीयता अभ्यासको क्रममा भएको हँुदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकारात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अवस्था रहेको मन्त्री बरालको भनाई… पुरा पढौ

शिक्षक संगठन कास्कीद्वारा पेसागत महासंघका इन्चार्ज थापालाई पोखरामा बधाई तथा सम्मान

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष बाबुराम थापालाई पोखरामा सम्मान तथा बधाई ज्ञापन गरेको छ । थापाले नेकपा एमालेको केन्द्रीय सदस्य तथा पेसागत महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेको अवसरमा संगठनले थापालाई बधाई तथा सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा थापाले आफ्नो स्वर्णीम जीवनकाल नै शिक्षणमा बिताएको हुनाले शिक्षकका समस्यालाई मसिनो ढंगले हेरेको हुँदा जायज माग र समस्या समाधान गर्नमा आफूले कुनै कसर नराख्ने बताए । सुखी नेपाली… पुरा पढौ

छोरीको सम्झनामा बुबा आमाद्वारा अक्षयकोष स्थापना

पोखरा, ७ पुस गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धितालकी अविश्री पौडेलको सम्झनामा अक्षय कोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अविश्री अक्षयकोष स्थापना गरेका हुन् । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले संचालन गर्नेगरि उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिए । कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षय… पुरा पढौ

ग्लो संस्थाद्धारा सिद्ध माविका विद्यार्थीलाई स्वीटर वितरण

पोखरा । ग्लो संस्थाद्धारा सिद्ध मावि पोखरा १५, फलेपाटनमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । पोखरा १५ नयाँगाउँस्थित ग्लो संस्थाले सोही विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । ग्लो सस्ंथाले यस अगाडीका समयमा पनि विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आइरहको र अहिले जाडो मौसममा स्वीटर आवश्यक रहको ठानी विद्यालय प्रशासनसँगको समन्वयमा निम्न आय भएका र स्वीटर नलगाएका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको संस्थाकी संयोजक सरु गिरिले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक… पुरा पढौ