समाचार

नाडाको पहिलो बैठक आज, पदाधिकारीसहित सदस्यहरू मनोनीत हुँदै

नव निर्वाचित नेशनल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को पहिलो बैठ आज (बुधबार) बस्दैछ। बैठकले नव निर्वाचित नाडाका लागि पदाधिकारी चयन गर्नेछ। केन्द्रीय कार्यसमितिमा ३ जना सदस्य मनोनित हुनेछन् भने ७ वटा प्रदेशका लागि ७ जना सदस्य पनि मनोनीत हुनेछन्। १७ जना निर्वाचित र अन्य मनोनीत गरी २९ जनाको कार्यसमिति बन्ने र उनीहरूमध्येबाटै पदाधिकारी चयन हुनेछ। निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहनेछन्। हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट… पुरा पढौ

आज न्याय सेवा आयोगको बैठक बस्दै

न्याय सेवा आयोगको बैठक आज (बुधबार) बस्दै छ। आयोगको बैठक अपराह्न ३ बजे बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बैठक बोलाएका हुन्। बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो। आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ। सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने व्यवस्था छ। रासस पुरा पढौ

पोखरामा मन गुरुङ एटाएर फेसन नाइटको तयारी

पोखरामा यहि पुसको २३ गते (शुक्रबार) मन गुरुङ एटाएर फेसन नाइट हुने भएको छ। मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाह मुख्य आर्कषण रहने उक्त कार्यक्रममा पोखराका चर्चित १० जना मोडलहरुले ¥याम्प सेयर गर्नेछन्। अंग्रेजी महिनाको जनवरी ७ मा हुने फेसन नाइटमा फेशन डिजाइनर मन गुरुङले निर्माण गरेका विभिन्न थरीका पोशाकहरुको विशेष प्रदर्शनी हुने आयोजक संस्था एसटी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताए। डेन्टल बिषयमा डिप्लोमा सकेर डेन्टल हाइजिनिस्टको रुपमा कार्यरत समेत रहेकी गुरुङले आफ्नो… पुरा पढौ

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति, गण्डकी प्रदेशका लागि भटृराई

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएकाा निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ छन् । गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि… पुरा पढौ

महानगर वडास्तरीय व्याडमिन्टनमा वडा नं १६ च्याम्पियन

पोखरा । पुरुष एकल र पुरुष डबल्स तर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो । पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । विशालले ईशानलाई पराजित गर्ने… पुरा पढौ

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस् बारको न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, सेफ पुर्ण दाहाल लगाएतले विद्यार्थीहरुलाई ज्याकेट र अन्य सामग्री प्रदान गरेका थिए । सामग्री हस्तान्त्ररण कार्यक्रममा प्याराडिसोका म्यानेजर हरी पौडेलले शैक्षिक सामग्री र न्यानो कपडाले विद्यार्थीको… पुरा पढौ

समाचार प्रभाव : होस्टल वार्डेन पक्राउ

पोखरा । पाँच वर्षीय बालकमाथि अमानवीय कार्य गर्ने पोखराकी होस्टल वार्डेन पक्राउ परेकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुल (होस्टल)मा आश्रित पाँच वर्षीय बालक रेमन बुढाको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा रबरले बाँधिदिने सो होस्टलकी वार्डेन जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । हिमालयन गुडलाईफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलकी वार्डेन नेपालीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले… पुरा पढौ

संरक्षित क्षेत्र घोषण र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै संघीय वन नियमावलीको मस्यौदाको नियम २३(३) मा सामुदायिक वनको ५० प्रतिशत काठ जिल्लावन पैदावार आपुर्ति समितिमा उपलव्ध गराउनु पर्ने व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ । गण्डकी प्रदेशको वन ऐन समुदायको… पुरा पढौ

पोखराका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निःशुल्क ईन्टरनेट दिने

पौष ६, पोखरा ।वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निःशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीयबजार अधिकृत हेम गुरुङ र अनलाइनपत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्षकमल सुवेदीले हस्ताक्षर गरेकाहुन् ।सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निःशुल्क उपलब्ध गराउने उल्लेख छ । निःशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वल्र्डलिंकको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा भनिएको छ ।वल्र्डलिंकका… पुरा पढौ