समाचार

मजदुरहरुको माग:कि रोजगार देउ कि नदि उत्खनन गर्न देउ

पर्वत । पर्वतको कुश्मा नगरपालिका– १ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारका मजदुरले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै आन्दोलित बनेका छन् । नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् । मजदुरले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग नदीजन्य पदार्थ उत्खनन् गर्न दिन माग गरेका हुन् । सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । सर्वोच्च अदालतले केही समयअघि नदीजन्य वस्तु एस्काभेटर लगाएर दोहन गर्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त… पुरा पढौ

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

धनुषा । धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ… पुरा पढौ

प्रतिनिधिसभाको बैठकबाट चार अध्यादेश स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत गरेको छ । बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ स्वीकृत भएको हो । ती… पुरा पढौ

विभेदकारी ऐन सच्याउन माग

काठमाडौ । कानुनका जानकारहरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि विद्यमान ३४५ ऐनमध्ये ५९ ऐनमा विभेदकारी व्यवस्था भएको तथ्य प्रस्तुत गरेका छन् । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले कानुनको विभेदकारी व्यवस्था र सामाजिक अवस्थाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले थप पीडा भोग्नुपरेको धारणा व्यक्त गरेका हुन्। सङ्गठनले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले भोगिरहेका विद्यमान विभेद्कारी कानुनसम्बन्धी वृतचित प्रदर्शनी गर्नुका साथै छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सङ्घीय संसद्को कानुन, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मनोसामाजिक… पुरा पढौ

स्थानियलाई धुवाँरहित चुलो

कालिकोट । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँको सहयोगमा कालीकोटको शुभकालिका गाउँपालिका–१ छाती गाउँमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । गाउँपालिकाका दलित तथा जनजाती २१० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँले शतप्रतिशत अनुदानमा सुधारिएको चुलो वितरण गरेको स्थानीयवासी दीपक चौलागाईले जानकारी दिए । उनले भने, “गाउँपालिकाभित्रका दलित, जनजाती र विपन्न परिवारलाई वितरण गरिएको हो ।” परम्परागत चुलो प्रयोग गर्दा श्वाशप्रश्वास रोग बढ्दै गएको दुर्गम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले… पुरा पढौ

माओवादी केन्द्र गलकोटको नेतृत्व चयनमा सकस

बागलुङ । नेकपा (माओवादी केन्द्र)ले बागलङको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग््याउन सकेको छैन । अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै चयन गर्न नसकेको हो । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ । त्यही कारण नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट छन् । नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ । माओवादी… पुरा पढौ

घट्यो सुनको मूल्य : बढ्यो चाँदी

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१०ले बढेर रु. एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

लुलाङ चार महिनादेखि सोलार र टुकीको भरमा

गलेश्वर। म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र… पुरा पढौ

२६ सय निमावि शिक्षकको माग

शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक मागसहितको आवेदन खुला गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि २ हजार ५ सय ९८ जनाका लागि आवेदन खुला गरेको हो। आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि ईच्छुकबाट आवेदन माग गरेको हो। आउँदो १७ चैतमा लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। ६ माघभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। पुरा पढौ

शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिले विशेष उपसमिति गठन गरेको छ। विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न ५ सदस्यीय उपसमिति गठन गरेको हो। ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल अध्यक्ष रहेको उक्त समितिले रायसहितको प्रतिवेदन पेश गर्न उपसमितिलाई १५ दिनको समय सीमा तोकेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ