पोखरा, चितवन र लुम्बिनीबीचको पर्यटकीय साझेदारी बढाउने उद्देश्य अनुरुप ‘स्वर्ण त्रिकोण’ को अवधारणका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । पर्यटनको राजधानीका रुपमा विकास गर्न खोजिएको पोखरा, वन तथा वन्यजन्तु, पर्यापर्यटनको आकर्षक गन्तव्य चितवन र सांस्कृतिक पर्यटनको गन्तव्य लुम्बिनीबीच पर्यटकीय साझेदारी बढाउने उद्देश्यले गत शुक्रबारदेखि यी क्षेत्रको चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण गरिएको हो । नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि एवं व्यवसायी र तीनै क्षेत्रका सञ्चारकर्मी सहभागी टोलीले चितवन, लुम्बिनी र पोखराका विभिन्न…
पुरा पढौ