समाचार

मंसीर शुक्ल पूर्णिमा

आज मंसीर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा, उधौली पर्व, यःमरी पुन्ही, ज्यापु दिवस। हरेक वर्षको मंसीर शुक्ल पूर्णिमाका दिन धान्य पूर्णिमा मनाइन्छ। नयाँ धान भित्राइएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ। यो पर्वमा धानलाई विशेष महत्व दिइन्छ। धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ। भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने गरिएको हो। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र… पुरा पढौ

प्रेस चौतारी कास्कीका सल्लाहकार चयन, ५ सदस्य थप

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको प्रथम पूर्ण बैठकले सल्लाहकार चयन गर्दै थप पाँच जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वले सल्लाहकार समिति गठन गरी पाँच सदस्य थप गरेको हो । चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष माधव बराल, केशव पाठक, इन्द्र प्रसाद पौडेल, केशवशरण लामिछाने र रामबहादुर गुरुङलाई चयन गरेको हो । कमिटिलाई ३५ सदस्यीय बनाउँदै साधारण सदस्यहरु माधव भुसाल, गिरीधारी पोखरेल, ऋषिराम दाहाल, सन्दीप खनाल र… पुरा पढौ

छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

पोखरा । पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरीबुहारीको अध्ययनको थलोका रूपमा परिचित भएको छ । पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट सङ्कलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका विभिन्न सङ्कायमा अध्ययरत कूल ७७२ जना विद्यार्थीमध्ये ५०७ जना छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा लगभग सभा छ करोड रुपैँयाको लागतमा तीन तलाको ३५ कोठे नवनिर्मित सुविधा सम्पन्न भवनमा पठनपाठन सुरु गरेको क्याम्पसको १२औँ साधारणसभामा क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी… पुरा पढौ

घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

पोखरा । मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एकरएक गोल गरेपनि दोस्रो हाफमा… पुरा पढौ

‘कृषि उत्पादन वृद्धिका लागि हरियाली मोडेल’

म्याग्दी । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रालिको तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुँदै डा श्रेष्ठले जल, जमिन र जङ्गललाई समृद्धिको आधार बनाउनुपर्ने बताए । “आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ”, उनले भने, “जमिन बाँझो राख्ने समस्या घटाएर उत्पादनमूलक क्षेत्रमा जमिनको उपयोग… पुरा पढौ

यौन दुव्र्यवहारका घटनामा वृद्धि

जुम्ला । जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात… पुरा पढौ

स्थानिय तहले महिलालाई उद्यमशील बनाउन सीप सिकाउदै

तनहुँ । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले दिए । उनका अनुसार दक्ष जनशक्तिको… पुरा पढौ

शिक्षासेवी स्व महर्जनलाई मरणोपरान्त प्याब्सन गौरव सम्मान

चितवन । निजी तथा आवासीय माध्यामिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर शाखाले मरोणपरान्त शिक्षासेवी राजकुमार महर्जनलाई प्याब्सन गौरव सम्मान प्रदान गरेको छ । आज आयोजित १५आँै जिल्ला अधिवेशनमा प्याब्सनका केन्द्रीय बौद्धिक सल्लाहकार एवं भक्तपुर प्याब्सनका सल्लाहकार, तथा माउण्ट भ्यू इङ्लिस बोडिङ स्कूलका प्रिन्सिपलको भूमिका निर्वाह गरेका उनलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । प्याब्सनका वरिष्ठ केन्द्रीय सल्लाहकार राजेश खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुभएका प्रिन्सिपल महर्जनकीे पत्नी मिना महर्जनलाई उक्त सम्मान प्रदान गरेका हुन् । उनले कोभिडको महामारीबाट क्षति… पुरा पढौ

वडाले काम नगरेको भन्दै तेर्सापट्टीमा छायाँ सरकार घोषणा

पोखरा, पुस ३ पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको सरस्वती मन्दिर संरक्षण समितिले छायाँ सरकारको रुपमा काम गर्ने भएको छ । समितिको शनिबार भएको भेलाले नालामुखदेखि पालिखेचोकसम्मको क्षेत्रमा छायाँ सरकारको रुपमा काम गर्ने निर्णय गरेको स्थानिय भिन्तुना युवा क्लवका तेर्सापट्टीका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । समितिको भेलाले पालिखेचोकदेखि नालामुख सम्मको क्षेत्रमा स्थानिय सरकारको रुपमा रहेको वडाका जनप्रतिनिधिहरुले मनोमानी रुपमा काम गरेको आरोप लगाएको छ । साथै उनीहरु विकासका कार्यमापनि निस्कृयजस्तै भएकाले त्यसलाई प्रतिस्थापन गर्न मन्दिर संरक्षण समिति आफैले… पुरा पढौ

समाजवादी प्रेस सङ्गठनको पुस ५ गते काठमाडौँमा भेला

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम… पुरा पढौ