समाचार

अव नेपालमा कोभिडविरुद्धको मोर्डना खोप लगाईने

हेटौँडा । नेपालमा अव कोभिडविरुद्धको मोर्डना खोप लगाईने भएको छ । सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन्। उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताएका छन् । उनले सबै बालबालिकालाई खोप नलगाएसम्म… पुरा पढौ

के हो साकेला उधौली पर्व ?

प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ । पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेको किराँत राई यायोख्खा खोटाङ शाखाले जनाएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरु गरिने उधौलीका अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत गरिने भएको छ । वर्षको… पुरा पढौ

एक हजारभन्दा बढीको सवारी साधन दुर्घटनाबाट मृत्यु

प्रदेश नं. १ मा तिन वषएमा एक हजार भन्दा बढीको सवारी दुरघटनामा मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ । सडक अनुशासन तथा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आजदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो तथ्यांक आएको हो । सो अवसरमा प्रदेश नं १का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिएका छन । प्रदेशमा आव २०७५÷७६ मा ३१३, २०७६÷७७… पुरा पढौ

गरिबीले पिल्सिएका दम्पत्तिको विलौना:छोरीहरुको उपचारमा सहयोग गरिदिनुस्

गण्डकी । मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा एक दाम्पत्ति निकै चिन्तामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण पोखरा–२४ रातामाटाका मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा आफ्ना सन्तान २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा दिपराज तिमिल्सिना दाम्पत्ती समस्यामा परेका हुन् । पुसको कठ्याङग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् । “पोखरादेखि… पुरा पढौ

बाघको आक्रमणबाट संत्रासमा स्थानियवासी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ । शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे… पुरा पढौ

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ । सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिए । कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल निर्माण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना… पुरा पढौ

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएपछि स्थानियवासीले आन्दोलित स्थगित गरेका छन् । लामो समयसम्म पनि सडक विस्तार अगाडी बढ्न नसकेपछि आन्दोलनमा रहेका स्थानियवासीले आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरेका हुन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु… पुरा पढौ

चीनका १३५ वर्षीया ज्येष्ठ नागरिक अलिमिहान सेयीतीको निधन

चीनका सबैभन्दा ज्येष्ठ नागरिक अलिमिहान सेयीतीको निधन भएको छ। स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी १३५ वर्षीया अलिमिहानको बिहीबार निधन भएको हो। उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा ज्येष्ठ नागरिक घोषित भएकी थिइन्। निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ‘उहाँ सधैँ हाँसीखुसी देखिने र आफ्ना नातीनातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,’ उनका एक आफन्तले भनेका छन्। उनलाई स्थानीय सरकारले नियमित… पुरा पढौ

आज नेपाल–भारत भिड्दै, कम्तिमा पन बराबरी गरे नेपाल फाइनल पुग्छ

नेपाली महिला टोलीले यु–१९ महिला साफ च्याम्पियनसीपमा आज (आइतबार) भारतविरुद्ध खेल्दैछ। आज भारतविरुद्ध कम्तिमा पनि बराबरी गरे नेपालले फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा पुग्छ। ३ खेलबाट ७ अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ। समान ७ अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ। ५ टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ। शीर्ष २ टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्। ३ खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ। आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्नेछ। प्रतियोगितामा जित… पुरा पढौ

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप लगाइँदै

सरकारले आज (आइतबार) देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। मोडर्ना खोपको पहिलो मात्रा यही आजदेखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ। यस्तै, वाग्मती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर तथा गण्डकी प्रदेशको गोरखा, मनाङ,… पुरा पढौ