समाचार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्… पुरा पढौ

सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्छ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताएका छन् । किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा बताएका हुन् । सन्देशमा उनले समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उल्ल्ोख गरेका छन् । ‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति हो’, शुभकामना… पुरा पढौ

पोखरालाई सुरक्षित बनाउन पर्यटन व्यवसायीको साथ आवश्यक : डिआईजी लोहनी

पोखरा ४ मङ्सिरगण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमनचैनको प्रत्याभूत सहित सुरक्षित गन्तब्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको बताएका छन् । पोखरा पर्यटन परिषद र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तरक्रियात्मक अनुशिक्षण’ कार्यक्रमको उद्घाटनमा लोहनीले व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र अपराधिक घटना न्यूनिकरण हुने बताएका हुन् ।उनले पर्यटन व्यवसायिले होटलमा आउने पाहुनाको बास्तविक परिचय नलिने र… पुरा पढौ

चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दाको समस्या

मनाङ । चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा झरेका हुन् । बाढीले क्षति पु¥याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन् । उनीहरु जस्तापाताको टहरामा दिन काटिरहेका छन् ।… पुरा पढौ

कवि एल.बी. क्षेत्रीको एकल कविता वाचन पुस ९ गते हुने

पुस ४, पोखरा ।अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई आफ्ना कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी दिए । यही पुस ९ गते दिनको ३ः३० बजे दी भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा हुने एकल कविता वाचनमा उनले दर्जन रोज्जा कविता सुनाउने बताइएको छ ।प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील क्षेत्री २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका… पुरा पढौ

दाङका भण्डारी बने जेसिजको अध्यक्ष

पोखरा, पुस ४ नेपाल जेसिजको २०२२ को अध्यक्षमा दाङ त्रिभूवन नगरका जेसी लालमणी भण्डारी चयन भएका छन् । नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अन्य ४ जना प्रतिपष्र्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रतिष्पर्धीहरु जेसी गोकुल सापकोटाले ३००, जेसी श्यामसुन्दर पौडेलले २९८… पुरा पढौ

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

मनाङ। चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् । बाढीले क्षति पुर्‍याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन् । उनीहरु जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरु… पुरा पढौ

दुई समूहबीचको झडपमा एकको मृत्यु

काठमाडौं । सिरहाको गोलबजारमा दुई समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका(६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार शनिबार राति पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए । झडपमा संलग्‍नहरु फरार रहेको… पुरा पढौ

घरघरमा धारा आएपछि स्थानिय हर्षित

दमौली । तनहुँको घिरिङ गाउँपालिकाको प्रत्यक घरघरमा धारा जडान भएपछि स्थानियबासी हर्षित भएका छन् । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएपछि स्थानिय हर्षित भएका हुन् । त्यहाका स्थानियले खोला तथा पधेराको पानी उपभोग गर्दै आईरहेका थिए। सोही अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । समुन्द्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित उक्त गाउँमा अलैची खानेपानी योजना निर्माण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा

पाल्पा । पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण गरिएको बताइ । समितिका सदस्य बृहस्पति रानाले न्यून दृष्टियुक्त बालबालिकाको पठ्नपाठनलाई सरल बनाउने र उनीहरुको शिक्षामा पहुँच विस्तार गर्ने वातारण सिर्जना गर्नुपर्ने बताए । विद्यालय ब्यवस्थापन… पुरा पढौ