समाचार

चिसापानी प्रगतिशिल कृषि सहकारीको चौथो साधारण सभा

पोखरा । पोखरा २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारीको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष मित्रलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै विश्वमै सहकारीले सिमान्तकृत जनताको जिवनस्तर उकास्ने लक्ष्यका साथ सुरुवात भएको बताउँदै सहकारीहरु उत्पादन मुखी हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, सितल बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वरी लम्साल, छिनेडाँडा कृषी सहकारीका अध्यक्ष ओमनाथ सुवेदी, संस्थापक अध्यक्ष कमल बहादुर रेग्मी लगाएतले सहकारीले नाम… पुरा पढौ

पाल्पाली बहुउद्देश्यीय सहकारीको तेस्रो साधारणसभा

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार तेस्रो वार्षिक साधारण सभा भएको छ । पोखरा महानगरपालिका सहकारी विभागका दर्ता अधिकृत अनिल कार्कीले सभाको उद्घाटन गर्दै सहकारीका सिद्धान्तमध्ये स्वायत्तता र स्वतन्त्रता बढी महत्वपूर्ण रहेको चर्चा गरे । उनले महानगरमा दर्ता भएका सहकारीले ५ लाखसम्मको उत्पादनमूलक कार्यक्रमका लागि ५० प्रतिशत अनुदान दिन थालेको जानकारी दिए । उनले त्यस्तो अनुदान लिन सबै सहकारीलाई आग्रह गरे । उनले पाल्पाली सहकारीले सन्तोषजनक काम गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी… पुरा पढौ

हाजिरी जवाफ प्रतियोगितामा साहारा बाल आधारभुत विद्यालय प्रथम

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा पोखरामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा साहारा बाल आधारभुत विद्यालय प्रथम भएको छ । पोखरा महानगर भित्रका १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साहारा बाला आधारभुत विद्यालय प्रथम भएको हो । विद्यार्थीहरुमा सामान्य ज्ञानको अभिबृद्दि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कन्या मा वि नदिपुर द्वितिय ,श्रीकृष्ण मावि मासबारले तृतीय स्थान प्राप्त गर्दा पार्दी मावि र सरस्वती आधारभुत विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको आयोजक संस्थाका बालबालिका, युवा तथा परिवार शाखाका वरिष्ठ कार्यक्रम अधिकृत… पुरा पढौ

अमरसिंह कृषि सहकारीको अध्यक्षमा पुनः घिमिरे

पोखरा, मंसिर २५ अमरसिंह कृषि सहकारीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे पुनः दोहोरिएका छन् । सहकारीको शनिबार सम्पन्न सातौं साधारण सभा तथा तेश्रो चौथो अधिवेशनले घिमिरेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्रराज बस्ताकोटी र सदस्यहरुमा विश्वराज घिमिरे, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, रामचन्द्र अधिकारी र किर्तीमान गुरुङ चयन भएका छन् । अधिवेशनले लेखा संयोजकमा रामबाबु घिमिरे र सदस्यहरुमा सुष्मा आचार्य र सन्तोषी अधिकारी बस्ताकोटीलाई चयन गरेको सदस्य चन्द्राकुमारी पराजुलीले जानकारी दिईन् । अधिवेशनको गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा… पुरा पढौ

फोनिज कास्कीमा दिलप्रसाद गुरुङ

पोखरा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ चयन भएका छन् । फोनिजको शनिबार सम्पन्न छैटौैं अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका गुरुङ एभरेस्ट एफएम ९३ मेगाहर्जका प्राविधिक प्रमुख हुन् । यस्तै संघको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा शुशिल श्रेष्ठ, सह–सचिव सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा गीता राना मगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानान्धर, रोजी बुढा मगर,… पुरा पढौ

महिला उद्यमशिलतासँग जोडिनु पर्छ : उप-सभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याएका छन् । दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३३ को प्रारम्भिक साधारण सभा तथा कार्यालयको उद्घाटन गर्दै उनले महिला आर्थिक रुपमा सक्षम नभएसम्म समृद्धि प्राप्त गर्न नसकिने बताए ।महिलाहरु संगठित भएर बचत गर्दै आयआर्जनतर्पm लाग्नु पर्नेमा जोड दिंदंै उनले सहकारीको माध्यमबाट महिला उद्यमशिलताको विकास हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा जेष्ठ शेयर सदस्य गौरिमाया त्रिपाठी, उत्कृष्ठ वचत कर्ता घनश्याम सुबेदी र… पुरा पढौ

वैदेशिक रोजगार टिम लाहाचोकद्वारा सामाजिक अभियान्ता सम्मानित

मंसिर २५ पोखरा वैदेशिक रोजगार टिम लाहाचोकले सामाजिक क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । वैदेशिक रोजगारमा रहेका लाहाचोकवासी दाजुभाइको पहलमा माछापुच्छे« गाउँपालिका साथै लाहाचोकको विकासमा उल्लेख्य योगदान पु¥याएका २५ सामाजिक अभियन्तालाई सामुहिक सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा रामबहादुर घर्ती क्षत्री, कृतिमान सुनार, नारायण रानाभाट, केदार पौडेल, गुणराज अधिकारी, राम जिसी, भुवन पोख्रेल, गंगाबहादुर शाही, रेशम नेपाली, रामचन्द्र शाही, सुशील श्रेष्ठ, राजु शाही, माया गुरुङ, प्रदीप क्षत्री, डिलबहादुर नेपाली, बासुदेव अधिकारी, हर्कबहादुर परियार, नवीन अधिकारी, गमबहादुर सुनार,… पुरा पढौ

सराङ्कोट सहकारीको रक्तदानमा १०५ युनिट रगत संकलन

सराङकोट बहुउद्देश्यीय सहकारीको १५ औ बार्षिक उत्सवकोअवसरमा रक्तदान तथा रगत परीक्षण कार्यक्रममा १०५ प्वाइन्ट रगत सङक्लन सहित ३५० जनाले रक्त परीक्षण गरेका छन् । स्टार डाइग्नोष्टीक सेन्टरको प्राविधिक सहयोगमा रगतपरिक्षणबाट हुने सम्पुर्ण रोगहरुको परिक्षण गरिएको थियो । संस्था स्थापना देखि रेडियो सराङकोटको प्रशारण सहित आर्थिककारोवार ,सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले यसबर्ष शिक्षा र स्वास्थय संग सहकारी भन्ने उद्देश्य सहित पोखराका ६ वटा विधालयका ४२ जना बिधार्थीलाइपोषाक वितरण गरीएको थियो । रत्तदनल कार्यक्रमको शुभारम्भ कोषाध्यक्ष राममणि पौडेल, संचालक बुद्ध… पुरा पढौ

प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलसहित १३ जना सम्मानित

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका परिवारसहित जनयुद्धका सहीद परिवार, घाईते तथा अपाङ्गता र जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याउने ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको प्रथम सम्मेलनको अवसरमा उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।कार्यक्रममा प्रथम सहिद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल, सहीद सुरेश वाग्लेका छोरा विकास वाग्ले, वेपत्ता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, लामो समय जेल जीवन बिताएका नेता झलकपाणी तिवारी, पुराना कम्युनिष्ट नेता पूर्णबहादुर गुरुङ (डाँफे बा) ज्येष्ठ… पुरा पढौ

दर्शन बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारणसभा सम्पन्न

पोखरा । दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड दिए । बरालले अब हरेक सहकारीले कहाँ पुग्ने र कहिले पुग्ने भन्ने निश्चित गर्न आवश्यक रहेको भन्दै नयाँ ऐन अनुसार बिनियम संसोधन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । साथै उनले शेयरपुँजी र जगेडाकोष बढाउनु पर्नेमा जोड दिएका… पुरा पढौ