समाचार

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज (शनिबार) बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीले आज र भोली (आइतबार)का लागि बैठक बोलाएका हुन्। जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएपछिको केन्द्रीय समितिको यो दोस्रो बैठक हो। चितवनमा महाधिवेशन सकिएलगत्तै केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते बसेको थियो। आजदेखि सुरु केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जनाइएको छ। बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात… पुरा पढौ

आर्वामा निःशुल्क आयुर्वेदिक शिविर, २२८ जनाको स्वास्थ्य परीक्षण

पोखरा । मोहरपानी आदर्श टोल विकास संस्था र जागरण आमा समुहको संयुक्त आयोजनामा निःशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ । अन्नपूर्ण आयुर्वेदिक क्लिनिकको सहयोगमा शुक्रबार पोखरा १३ आर्वामा भएको शिविरमा २२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ग्यास्टीक,गानोगोला,कब्जियत,पायल्स,अफिसर,फिस्टुला,पिनास,दम,रुघाखोकी,टाउको दुखाई,स्त्रीरोग,ढाड दुखाई,घुँडा दुखाई,नसारोग,हड्डीखिईएको सुनिएको, यूरिक एसिड, हातखुट्टा झमझमउने, दुर्वेसन लगायतका रोगको परीक्षण गरी निःशुल्क औषधी बितरण गरिएको थियो । यस्तै केही जटील बिरामीको अन्नपूर्ण आयुर्वेदिक क्लिनिक मा लगि थप उपचार गर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । अहिलेको अवस्थामा अनेकौं स्वास्थ्य… पुरा पढौ

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौं । मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ । मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक/एक गोल गरे ।… पुरा पढौ

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे । अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गरे । “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उनले भने, “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय… पुरा पढौ

आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति… पुरा पढौ

भिवोन ब्राण्डका प्रिमियम कुर्सीहरु पोखरामा, सिटीजन फर्निचर आधिकारिक विक्रेता

पोखरा । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण शुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो । लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ‘यो यस्तो प्रिमियम… पुरा पढौ

मौजामा बृहत स्वास्थ्य शिविर शुरु, पहिलो दिन ३ सय ३ जनाले गराए स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा शुक्रवारदेखि बृहत् निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैह्रापाटनको संयुक्त आयोजनामा शुरु भएको बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको पोखरा महानगरपालिकाका कार्यवहाक नगरप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरिन । कार्यक्रमको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख गुरुङले महानगर भित्रको ग्रामिण भेगमा नेलम्वोले स्वास्थ्य शिविरको आयोजना गरि दुर दराजमा रहेकाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेमा… पुरा पढौ

पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, अब बनाउन नया पुस्तालाई दिऔं : डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश बनाउने जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका छन् । मुक्तिनाथ कृषि कम्पनी प्रालि, क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषक परिचय पत्र वितरण कार्यक्रमको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले देश बनाउने जिम्मेवारी बुढा पुस्ताबाट सम्भव नभएको भन्दै त्यो जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका हुन् । ‘हाम्रो पुस्ताले भत्कायो, जहाँनिया राणा शासन, पञ्चायतदेखि राजालाईसमेत ढालेर हामीले पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, तर कसरी बनाउने ? त्यो हाम्रो पुगिराखेको छैन… पुरा पढौ

पर्वतीय पर्यटनबाट दिगो विकास सम्भव छ : कुलपति गणेशमान गुरुङ

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले पर्वतीय पर्यटनबाट दिगो विकास हासिल गर्नका लागि यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरोम (सोफो)को समन्वयमा “समृद्धिका लागि दीगो पर्वतीय पर्यटन” विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताहरुको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृती संरक्षण हुन नसक्नु दुखद भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता… पुरा पढौ

दोहोरी गीत प्रतिष्ठान नेपालको साधारण सभा नवलपुरको अरुणखोलामा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा २०७८ को तयारी तिव्र पारिएको छ । साधारण सभा पौष २ र ३ गते प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हँुदैछ ।साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बि.जी.ले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुर पश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मीलाई सम्मानित गरिनेछ ।यसैगरी सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी… पुरा पढौ