काठमाण्डौं । मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ ।
मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक/एक गोल गरे । अफिजले खेलको पहिलो हाफमा गोल गरे भने दिनेशले खेलको दोस्रो हाफमा गोल गरे ।
खेलको ४१औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए ।
त्यस्तै खेलको ७३ औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







