समाचार

सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिए । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिए । पत्रकारले समाजमा भएका… पुरा पढौ

सरकारी सेवाबाट नागरिकलाई बञ्चित नगराउन मुख्यमन्त्री पोखरेलको निर्देशन

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिए । मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकथा दिने… पुरा पढौ

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताए । “सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ”, उनले भने । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले,… पुरा पढौ

पोखराबाट १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

पोखरा । पोखराबाट प्रहरीले १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो । निजलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । जुवा तास खेल्नका लागि… पुरा पढौ

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा काफ्ले

पोखरा । प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन्। सेन्टरको आज पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो। समितिको वरिष्ट उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे, कास्कीका सुवास अम्गाईं, कास्कीका सविन जिसी, महिला सचिवमा कास्कीका सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित… पुरा पढौ

फोनिज कास्कीको अधिवेशन मंसिरमा, नयाँ सदस्यता वितरण गरिने

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।फोनिज कास्कीको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार मंसिर २५ गते छेठौँ अधिवेशन गर्ने निर्णय गरेको हो । पोखरा नयाँबजार स्थित तमु धीं नेपालको सभाहलमा हुने अधिवेशनको तयारीका लागि मुल आयोजक समितिका साथै आवश्यक ८ वटा उपसमिति समेत गठन गरिएको जिल्ला समिति कास्कीका कार्यवाहक अध्यक्ष दिल प्रसाद गुरुङले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न कार्यवाहक अध्यक्ष दिल प्रसाद गुरुङको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ… पुरा पढौ

बजेट थपिदिन अर्थमन्त्री शर्मालाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह

बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् ।प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । उनले भने, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकारहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’… पुरा पढौ

वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्ने हुन् केपी ओली

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरु प्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने,यहाँ वचनले लोकतन्त्रको मीठा मीठा कुरा गर्छन् तर कर्मले प्रतिगमन गर्ने केपी ओलीहरु छन् । त्यसबिरुद्ध प्रेस सेन्टरसहित सम्पूर्ण प्रेस जगतले भण्डाफोर गर्नुपर्छ’–उनले भने । उनले आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारबिरुद्ध प्रेसले भण्डाफोरी गर्दै जनपक्षीय पत्रकारिता गर्नुपर्ने औंल्याए । उनले भने,‘मैले… पुरा पढौ

लामाचौरमा १७ सय बढिलाई भेरोसेलको दोस्रो डोज खोप लगाइयो

पोखरा–१९ लामाचौरमा १८ बर्ष माथिका पहिलो मात्रा भेरोसेल लगाका १ हजार ७ सय ५३ जनालाई दोस्रो मात्राको भेरोसेल खोप लगाइएको छ। त्यस्तै, ३ सय २८ जनालाई पहिलो मात्राको खोप दिइएको छ। समुदाय बाहिर रहेकाबाहेक सो उमेर समूहका ९० प्रतिशतलाई खोप दिइएको हो। अब, छिट्टै क्याम्पस पढ्ने विद्यार्थीका लागि अष्ट्राजेनेका र कोभिसिल्ड खोप संचालन हुने लामाचौर स्वास्थ्य केन्द्रले जनाएको छ। खोप कार्यक्रममा सहयोग गर्ने स्वास्थ स्वयंसेवक, स्वास्थकर्मी, वडा प्रतिनिधि, राजनैतिक दल, लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समिति, नव आदर्श सामुदायिक बिकास संस्था लामाचौर,… पुरा पढौ

दीर्घरोगीले ढुक्क भएर फाइजर खोप लगाउनूः स्वास्थ्य मन्त्रालय

सरकारले दीर्घ रोगीहरूलाई भोली (आइतबार) देखि कोरोनाविरुद्धको फाइजर खोप लगाउँदै छ। अमेरिकाले अनुदानमा दिएको १ लाख मात्रा फाइजर खोपको पहिलो मात्रा भोली कार्तिक २८ देखि मंसीर ४ गतेसम्म र दोस्रो मात्रा मंसीर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन मन्त्रालयले आग्रह समेत गरेको छ। फाइजर खोप नेपालसहित १ सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार फाइजर… पुरा पढौ