समाचार

देशभर मौसम बद्ली, चिसो बढ्यो, ३ दिनसम्म यस्तै रहने

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम बद्ली भएको छ। हिँजो (शुक्रबार) सम्म आकाश सफा रहेपनि आज (शनिबार) बिहानैदेखि मौसममा बद्ली आएको छ। वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आफ्नोा बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाका अनुसार मौसम बद्ली भएपनि पानी नपर्ने तर अबको ३ दिनसम्म मौसम यस्तै रहनेछ । बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भएपनि दिउँसोपख घाम लाग्ने र केही ठाउँमा कुहिरो… पुरा पढौ

ब्राजिल विश्वकप फुटबलमा छनोट

कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ। विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर दक्षिण अमेरिकी देशमध्येबाट आफूलाई विश्वकपका लागि नाम लेखाएको छ। खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छनोटमा ब्राजिलले १२ मध्ये ११ खेल जितेको छ। ब्राजिल एक वर्षअघि नै थुप्रै खेल बाँकी छँदै छनोट भएको थियो। यस समूहको चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौँ स्थानमा रहेको चिलीसँगको क्रमशः १६ र… पुरा पढौ

एमाले अधिवेशनका लागि गण्डकीबाट ५ प्रतिनिधि सर्वसम्मत छनोट

नेकपा एमालेको दशौँ महाधिवेसनका लागि गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। प्रतिनिधि छनोटको कार्यतालिका आज (शनिबार) भएपनि गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम हिजो शुक्रबार नै टुंग्याएको छ। खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन्। महिलातर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका सचिवालयले जनाएको छ। जिल्ला तहबाट प्रतिनिधि छनोट भने आज (शनिबार) टुंगो लगाउने कार्यतालिका छ। पुरा पढौ

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी विधान संशोधन गरेको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो । कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय… पुरा पढौ

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए । एमालेको महाधिवेशन यही… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाण्डौं । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी… पुरा पढौ

सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै… पुरा पढौ

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुुरले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, “न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।” अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान… पुरा पढौ

उत्पादनमूलक अर्थतन्त्र निर्माण गरिन्छ : अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ,त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘भन्सार छुट चाहियो कि, बिद्युत वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ उनले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने… पुरा पढौ

सुर्य बहादुर के.सीको स्मृर्तिमा पोखरामा अर्धकद शालीक

पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सीको स्मृर्तिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजार को कार्यालय परिषदमा स्व के.सी को अर्धकद शालीक स्थापना गरिएको छ । शालिकको आज एक समारोह विच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरिन् । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द् बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेकी हुन् । कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पुर्व प्रहरी वरिष्ट उपरीक्षक… पुरा पढौ