समाचार

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिबदाई

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिवराज बस्ताकोटी शिबदाई चयन भएका छन्। प्रेस सेन्टर पोखरा महानगर कमिटीको प्रथम भेला तथा अधिबेशनले शिबदाईलाई अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा हिमलाल पौडेल, कोषाध्यक्षमा सपना विक चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सन्तोष पौडेल, शिब थापा, कुमारी बुढा, भीमराज तिमिल्सिना, सरिता गायक, सूर्य विक सिकारु र होमराज गुरुङ चयन भएका छन्। पुरा पढौ

रु. ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे… पुरा पढौ

सामुदायिक भवन बनाउन रु. १० लाख सहयोग

म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु. १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो । आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरे । वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।… पुरा पढौ

राष्ट्रिय जनगणना–२०७८ः पहिलो दिनमै १५ लाखको गणना

राष्ट्रिय जनगणना–२०७८ को पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको छ। बिहीबारबाट सुरु गरिएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्यांक विभागले दिएको हो। जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण संकलन गरेर जनगणना शुभारम्भ गरिएको थियो। पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ। केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना… पुरा पढौ

कास्कीका डीएसपी सुवास हमालको सरुवा मुगुमा, हमालको सट्टामा सुन्दर तिवारी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाल सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले आज ९५ जना डीएसपीहरुको सरुवा गर्दा हमालको सरुवा जिल्ला प्रहरी कार्यालय मुगुमा भएको हो। त्यस्तै, कास्कीमा हमालको स्थानमा डीएसपी सुन्दर तिवारी आउने भएका छन्। तिवारी यसअघि बागमती प्रदेश प्रहरी कार्यालयको अन्वेषण योजना शाखामा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयले हमालसहित ९५ जना डीएसपीको एकै पटक सरुवा गरेको हो। सरुवा सूची अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत प्रहरी नायव महानिरीक्षकको सचिवालयमा विनोद शर्मा र गण्डकी प्रदेश प्रहरी… पुरा पढौ

अस्ट्रेलिया टी–२० विश्व कप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया आइसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ। गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे। वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे। यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे। पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए।… पुरा पढौ

नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको एकै पटक सरुवा (सूचीसहित)

पोखरा । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रालयको प्रहरी प्रधान कार्यालय मानवस्रोत एव प्रशासन विभागले आज एक सूचना जारी गर्र्दै कास्कीका सहित ९५ जना डिएसपीहरुको सरुवा गरेको हो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी)सुवास हमाल जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ । हमालको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरको अन्वेषण योजना शाखामा कार्यरत सुन्दर तिवारी आउने भएका छन् ।यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज तिमिल्सिनाको… पुरा पढौ

मोवाइल पड्किएर एकको मृत्यू

मोवाइल पड्किएर तनहुँमा एक जनाको मृत्यू भएको छ । मोवाइल कोठामा बसिरहेका बेला मोवाइल पड्किएर बेहोस् भएका तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ दुरुङचुङका २७ वर्षिय चित्रबहादुर रानाको मृत्यू भएको हो । मोवाइल पड्किएर बेहोस् भएका उनलाई तत्काल उद्धार गरेर जिपी कोक्ष्राला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा ल्याईएपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेहोस् भनिएका उनलाई चोटपटक लागे÷नलागेको प्रहरीले खुलाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ । पुरा पढौ

तालबाराही मावि पहिलो व्याचका विद्यार्थीहरुको ३८ वर्षपछि भेट

पोखराको लेकसाइडस्थित तालबाराही माविका भूपू विद्यार्थीहरुको एक समुह झण्डै ४ दशकपछि भेट्दा भावुक बनेका छन् । २०४० सालको एसएलसी व्याचका विद्यार्थीहरु बिहीबार पोखराको लेकसाइडस्थित बुमर्याङ्ग रेष्टुरेण्टमा भेटघाट गरेका हुन् । पहिलो ब्याचका विद्यार्थीहरुविच भेटका क्रममासाथीहरु एकले अर्कालाई चिन्न समेत हम्मे हम्मे प¥यो । कोहि मोटाएका, कसैको कपाल फुलेका कसैका दाह्री । दिमागमा साथीको पु्रानै चित्र लिएर भेटघाटमा उपस्थित हुँदा सबैजना आपसमा दंग परे । पुरानै समयमा फर्किन पाउँदा सबैको मुहारमा अनौंठो खाले हाँसो फुरेको थियो । विस्तारै वर्तमानमा फर्किएपछि फेरी… पुरा पढौ

हेमजामा ट्राफिक सचेतना कार्यक्रम

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५ हेमजाले ट्राफिक सचेतना कार्यक्रम बिहीबार हेमजामा गरेको छ । पोखरा महानगरपालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराईएको थियो । कार्यक्रम हेमजाको सापकोटा चोक, वडा कार्यालय अगाडि र सुईखेतमा भएको थियो । प्रहरी निरीक्षक सुसील थापा र प्रहरी नायव निरीक्षक भीम ओलीले प्रशिक्षण दिएको कार्यक्रममा स्नो भ्यू इङलीस बोर्डिङ स्कुल, विष्ण्ुा पादुका… पुरा पढौ