शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औँ महासभालाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन् । मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, लैङ्गीक समानता र महिला सशक्तिकरणजस्ता प्रमुख क्षेत्रमा नेपालले महत्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै…
पुरा पढौ