समाचार

बेलायतमा एक दिनमा अझै पनि दैनिक ४० हजार नयाँ सङ्क्रमित

लण्डन । बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।सङ्क्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । सङ्क्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै… पुरा पढौ

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु. ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु. २० बढेको छ ।… पुरा पढौ

मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ ।दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब रु. ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए । पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चारवटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएकोे र समूहमा आउने कम्तीमा पचास… पुरा पढौ

मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य

तनहुँ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्वीर : सानेबहादुर नेपाली - रासस पुरा पढौ

पाखोबारीमा अलैँची खेती विस्तार

गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् । थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए । “पहाडी क्षेत्र भएकाले अलैँचीको… पुरा पढौ

मुस्ताङको आकर्षण स्याउ पछि आलु

गलकोट । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन् । दसैँ तिहारका याममा झण्डै चार हजार… पुरा पढौ

नोबेल पुरस्कार विजेता मलालाको बैवाहिक जीवन सुरु

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छिन्। छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विहे गरेकी हुन्। मलालाले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहबीच मंगलबार बेलायतको बिर्मिङघममा भएको जानकारी दिएकी छिन्। तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकोले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो। सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख… पुरा पढौ

मन्त्री श्रेष्ठले आमा समुहलाई दिए आफ्नो पहिलो महिनाको पारिश्रमिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री बनेपछिको पहिलो महिनाको पारिश्रमिक स्वरुप पाएको तलव २ आमा समूहलाई प्रदान गरेका छन्। तनहुँमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहका अध्यक्षलाई ५० हजार ९ सय ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका हुन्। निर्वाचनमा उम्मेदवार हुँदा नै उनले तलबभत्ता लिन्न भनेर घोषणा गरेका थिए। त्यहि घोषणा… पुरा पढौ

पोखरामा भेरोसेल खोपको दोश्रो मात्रा आजदेखि

पोखरा महानगरपालिकामा भेरोसेल खोपको दोश्रो मात्रा आज (बिहीबार) देखि लगाइने भएको छ। पहिलो मात्रा लगाएको कम्तिमा ३ हप्ता अवधि पूरा भएका नागरिकहरुलाई कार्तिकको २५ गते (आज) देखि दिन लागेको हो।तल तालिकामा उल्लेख गरिएको मिति र खोप केन्द्रबाट भेरोसेलको दोश्रो मात्रा दिइनेछ। खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। खोप लगाउने मिति र स्थान पुरा पढौ

नेपालको राष्ट्रिय महिला टिमले बंगलादेशमा महिला टी–ट्वान्टी क्रिकेटको मैत्रीपूर्ण सिरिज जित्यो

टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशमा भएको टी–ट्वान्टी सिरज जितेको छ । हाल बंगलादेशमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशको बंगबन्धु कृरा शिक्षा प्रतिष्ठानविरुद्धको ३ खेलको टी–ट्वान्टी सिरज जितेको हो। नेपाली महिला टोलीले ३ खेलको सिरिज २–१ ले जितेको हो। नेपालले तेस्रो तथा अन्तिम खेलमा प्रतिष्ठानलाई ७ विकेटले हरायो। कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा प्रतिष्ठानले दिएको ५४ रनको सामान्य लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि कविता जोशीले अविजित… पुरा पढौ