समाचार

पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ ।साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नरायाण अधिकारीले सहकारीले बामे सर्दै गरेको धारणा राखे । उनले सहकारी ऐनको पालना गरे अघि बढेमा सहकारीको कार्याक्षेत्र बिस्तार गर्न सजिलो हुने बताए । पोखरा महानगरपालिका १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, नेपाली काग्रेस पोखरा १८ का सभापती शिव प्रसाद तिमिल्सिना, भावना कृषी सामादायीक संस्थाका अध्यक्ष बलराम कोइरला, चिसाखोल बेद विद्याश्रम… पुरा पढौ

जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने पस्र्याङका बस्ताकोटी पक्राउ

जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गास्थित सन्तु ढकालको नाममा रहेको जग्गा पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ निवासी ५६ वर्षिय मात्रिका बस्ताकोटीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । लेखन्दास काम गर्ने बस्ताकोटीले यहि असोज १५ गते ढकालको टुटुङ्गास्थित जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा छिटो र सुलभ तरिकाले जग्गा पास गरि लालपूर्जासमेत दिन्छु भनेर विश्वास दिलाएर २५ हजार लिएपनि जग्गा पास नगराएको… पुरा पढौ

नेकपा एस अन्नपूर्ण गाउपालिकाकाे सचिवमा नाम राखेकाेप्रति सुवेदिकाे आपत्ति

पाेखरा असाेज १६ । नेकपा (एकीकृत समाजवादी ) अन्नपूर्ण गाउपालिका कास्कीकाे सचिवमा अाफ्नाे नाम राखिएकाे भन्दै नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका सचिवालय सदस्य टंक प्रसाद सुवेदीले अापत्ति जनाएका छन । अाईतवार एक विज्ञप्ति जारि गर्दै उनले अाफु उपस्थित नरहेकाे कार्यक्रममा अाफ्नाे नाम एकिकृत समाजवादीकाे सचिवमा राखेर मानमर्दन र विचारमा अांच पुर्‍याउने कार्यप्रति घाेर अापत्ति जनाएका हुन । उनले भ्रम र झुटकाे खेति नगर्न र भ्रममा नपर्न समेत कार्यकर्ता लाई अाग्रह गरेका छन । उनले जारि गरेकाे विज्ञप्तिमा भनिएकाे छ "कास्की जिल्ला… पुरा पढौ

मुक्ति इनर्जिका सामान खरिदमा महालक्ष्मीको बिमा पोलिसी उपहार

पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिदमामा महालक्ष्मी लाईफ इन्स्योरेन्स जिवन बिमा पोलिसी उपहार प्राप्त हुने भएको छ । मुक्ति इन्र्जिका कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीबन बिमा र रु एक लाखको घातक रोग बिमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघ सम्म रहने र मुक्ति इन्र्जिका कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिसत सम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए… पुरा पढौ

दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो । कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।… पुरा पढौ

इन्टरनेटको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध

नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका… पुरा पढौ

१२७ वर्षीय एरिट्रियाली नाताबे तिन्सीउको निधन

अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन्। आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा ३ सय जनाको बसोबास रहेको छ। उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्यांकमा उनी सन् १८९४ मा जन्मिएको… पुरा पढौ

अमेरिकाको ५० वटै राज्यमा गर्भपतनको माग

अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन्। टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन गरिएको हो। अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यसविरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन्। अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई परिमार्जन गर्ने गरेका छन्। रिपब्लिनको सरकार रहेको टेक्सासमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ। अमेरिकी सर्वोच्च अदालतमा… पुरा पढौ

ब्राजिलको १६० भन्दा बढि शहरमा राष्ट्रपति बोल्सोनारोको विरोध

ब्राजिलको १६० भन्दा बढि शहरमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएकाएकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन्। ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएको समाचारहरुमा जनाइएको छ। राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ। राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रको रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाई छ। बीबीसी पुरा पढौ