समाचार

एमसीसीबिरुद्द संयुक्त मोर्चा कास्कीले भोलि पोखरामा विरोध प्रदर्शन गर्ने

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जन स्तरमा ब्यापक बिरोध चलिरहेको र सरकारले जनभावना बिपरीत, राष्ट्र हित बिपरीत रहेको सम्झौता संसदबाट पारीत गर्ने जोडबलमा लागेको बिरोधमा संयुक्त मोर्चा कास्कीद्वारा बिरोध कार्यक्रमको आयोजना गरेको छ । एमसीसी सम्झौतालाई संसदबाट पारीत गराउन दबाब दिने उद्देश्यले उत्त परीयोजनाका उपाध्यक्ष फातिमा सुमार सहित उच्च अधिकारी टिम नेपाल आउन लागेको साथै सत्ता पक्षले जवरजस्त राष्ट्र हित बिरुद्दको कदम चाल्न लागेको भन्दै २२ दलिय संयुक्त मोर्चाले देशब्यापी आन्दोलन चर्काउने उद्देश्य अन्तर्गत भदौ २३ गते बुधबार… पुरा पढौ

युवा संगठन कास्कीद्वारा अनियमितता र बेरुजु बिरुद्द तालचोकमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन कास्कीद्वारा सरकार महालेखा परीक्षकको कार्यलयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिबेदनमा अत्याधिक अनियमितता र बेरुजु रकम प्रस्तुत गरेको भन्दै बिरोध प्रदर्शन सहित कोण सभा सम्पन्न गरेको छ ।पोखराको तालचोकमा मङ्गलवार भएको कार्यक्रममा यो वर्ष ५ हजार ४६२ निकायको लेखा परिक्षणमा ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखा परीक्षण गरिएको मध्य १ खर्ब, ४ अर्ब ३९ करोड बेरुजु निस्केको थियो । यसरी कुनै स्रोत बिनै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको… पुरा पढौ

युआरएलले लगानी दोब्बर गर्ने, सेवापनि विस्तार गर्ने

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को आठौं साधारणसभाले नयाँ सञ्चालक समिति चुनेको छ । आइतबार र सोमबार भएको सभाले ठाकुरप्रसाद पन्तको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।निर्देशकमा गीता कार्की, गणेशप्रसाद कोइराला, सन्दीप अर्याल र डा वसन्तराज पंगेनी छन् । सभाले विभिन्न जिल्लामा रहेका युआरएलका शाखामा निरीक्षणका लागि जिम्मेवारीसमेत तोकेको छ । युआरएल लमजुङका लागि सालिकराम अधिकारी, युआरएल दमौलीका लागि रमेश पौडेल, युआरएल दुलेगौडाका लागि नारायण वाग्ले, युआरएल वालिकका लािग डा वसन्तराज पंगेनीलाई जिम्मेवारी दिइएको छ ।गण्डकी प्रदेशकै पहिलो र अग्रणी… पुरा पढौ

पहिरोले पुरिएर बुबा आमा दुबै गुमाएका ९ वर्षिय बालकको अवस्थाबारे अर्थमन्त्री बरालको चासो

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पहिरोमा पुरियर आमा, बाबु र भाई समेत गुमाएका राजकुमार श्रेष्ठको अवस्थाबारे चासो व्यक्त गरेका छन् । यही भदौं १७ गतेको पहिरोले पुरिएर परिवार नै गुमाएर टुहुरो भएका श्रेष्ठलाई उपचार भइरहेको मणिपाल शिक्षण अस्स्पतालमै पुगेर मन्त्री बरालले उनको स्वास्थ्य अवस्था र स्याहारसुसारबारे चासो र चिन्ता व्यक्त गरेका हुन् । बालका हालसम्म उनका आफन्तहरु नआएकोले उनको उपचारमा सहयोग गर्ने स्थानिय सुनिल आचार्य र महेन्द्र खत्रीलाई मन्त्रीले धन्यवाद दिदै उनको उपचारमा अस्पताल प्रसासनले समेत सहयोग गर्नुपर्ने बताए… पुरा पढौ

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे ।मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । २ देशबीचको सम्बन्धलाई अझ… पुरा पढौ

वाईसिएल नेपालको संयोजकमा पोखराका देवकोटा

योङ कम्युनिष्ट लिग (वाईसिएल)को केन्द्रीय संयोजकमा पोखराका सुमन देवकोटा चयन भएका छन् । वाईसिएल केन्द्रीय समितिको आज बसेको बैठकले देवकोटालाई संयोजकमा चयन गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वाईसिएल नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा (दीपशीखा)सहितको बैठकले देवकोटालाई संयोजक चयन गरेको वाईसिएल नेपालले जनाएको छ । यसअघी भदौ १३ गतेदेखि ४ दिनसम्म चलेको वाईसिएलको सम्मेलनले सर्वसम्मत रुपमा संयोजक चयन गर्न नसकेपछि पदाधिकारी पछि चयन गर्नेगरी केन्द्रीय कमिटी चयन गरेको थियो । तर आज बसेको दोश्रो बैठकले देवकोटालाई… पुरा पढौ

मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

मनाङ । मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उहाँहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले कर्मचारी आउन ढिलाइ भएको बताए । प्रमुख… पुरा पढौ

राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ: मुख्यमन्त्री

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताएका छन् । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताए । निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ । गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको… पुरा पढौ

पर्यटकको ध्यान खिच्दै तनहुँकाे ट्रि हाउस

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा 'ट्रि हाउस' लेखिएको होर्डिङ बोर्ड राखिएकाे छ । पछिल्लाे समय यस ठाउँले पर्यटकको ध्यान खिचेको छ । तस्वीर: कृष्ण न्यौपाने, रासस पुरा पढौ

पोखरामा आज कक्षा १२ का विद्यार्थीलाई खोप लगाइँदै

कक्षा १२ मा अध्ययनरत पोखराका विद्यार्थीलाई आज (मंगलबार) कोरोनाविरुद्धको खोप लगाइँदै छ। पोखरा महानगरभित्रका विद्यालयहरुमा अध्ययनरत् कक्षा १२ मा करिब ८ हजार विद्यार्थीहरुलाई आज (मंगलबार), भोली (बुधबार) र आगामी आइतबार (भदौ २७ गते) गरी ३ दिन खोप लगाउने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै मिति र खोप केन्द्र तोकेको हो। महाशाखाले आजका लागि ९ र भोलीका लागि २३ खोपकेन्द्र तोकेको छ। खोप लगाउनका लागि विद्यार्थीको उमेर भने १८ वर्ष पूरा भएको हुनुपर्नेछ। विद्यार्थीलाई कोभिशिल्ड र… पुरा पढौ